काठमाडौं । गत बुधवार, सिंगापुर रेडक्रसको २ करोड ५० लाख सहयोगमा निर्माण भएको दोलखाको शैलुङस्थित शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन गर्न पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनकै हातबाट दयाका हातहरु नामक संस्थाले शैक्षिक सामग्री बितरण गर्न सुरु गर्यो । त्विद्यार्थीहरुले पनि शैक्षिक सामग्री बितरण र ग्रहण गर्ने कार्यक्रम गरिरहे ।
केही छिनमै थाहा भयो– शैक्षिक सामग्रीका साथमा बाइबल र इसाई धर्म प्रचारका पर्चाहरु पनि त्यसमा रहेछन् ।
यो खुलासा हुनासाथ ठूलै बिबाद सुरु भयो । सुरक्षाकर्मी हर्कतमा आए । यति नैबेला गाउँपालिका अध्यक्ष भरत दुलालले शैक्षिक सामग्री नबाँड्न निर्देशन दिए, बितरण रोकियो । बितरण रोकिए पनि यो घटनाले उपराष्ट्रपति नन्दबहादुर पुन विवादमा मुछिए, कुरो सिंहदरवारदेखि शितल निवासमा पनि पुग्यो । इसाईले उपराष्ट्रपतिको उपस्थितिको दुरुपयोग गरिछाड्यो । इसाईहरुको यतिसम्म हिम्मत बढिसकेको छ ।
इसाईले कलिला बालबालिका, गरीवलाई कापी कलम, आर्थिक र जिन्सी सहयोग गरेर धर्मप्रचार त गरिरहेका छन्, अव सत्ताधारीलाई पनि हतियार बनाउन थाले । दयाका हातहरु संस्थाले हरेक स्कूलमा बाइबल राख्न लगाउने योजना बनाएका छन् ।