Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महालेखालाई जवाफ खोई ?

१७ सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

काठमाडौं । महालेखाको रिपोर्टमा जहाज किन्दा भ्रष्टाचार भएको उल्लेख छ । संवैधानिक निकायको यो रिपोर्टबारे सरकारले जवाफ दिएको छैन, किन नेपाल एयरलाइन्सका कार्यकारीले भ्रष्टाचार हुनेगरी जहाज खरिद गरे, यसको प्रष्टिकरण दिनुपर्दैन ? भ्रष्टाचारीमाथि कारवाही नै नहुने ?
कार्यकारी प्रमुख सुगतरत्न कंसाकार खरिद प्रक्रियाअनुसार कमिशन नदिनेगरी किनेको भन्छन्, संवैधानिक निकाय महालेखाको रिपोर्ट भन्छ् विधि, प्रक्रिया मिचियो, भ्रष्टाचार भएको छ ।
निगमले दुईथान वाइडबडी जहाज किन्न भुक्तानी दिएको छ, यो निर्णयमा दलाल खडा गरेर खरिद गर्दा भ्रष्टाचार भएको ठहर महालेखाले गरेको हो । निगम विचौलिया छैन भन्छ, कम्पनीसँग होइन दलालसँग कारोबार गरिरहेको छ, निगम सस्तोमा किनेको भन्छ, महालेखा ठूलो भ्रष्टाचार देखाउँछ । यति हुँदा पनि सरकार मौन छ, भ्रष्टाचारको अन्त्य गरिन्छ, निर्माण सुरु हुन्छ, सुशासन र समृद्धि ल्याउँछु भन्ने सरकार यस्तो ?
निगमको विनियमावलीमा नयाँ विमान खरिद गर्न विमान कम्पनीहरुसँग मात्र प्रतिष्पर्धा गर्नुपर्ने प्रावधान रहेकामा सो प्रक्रिया नअपनाई पुरानो वा नयाँ स्पष्ट उल्लेख नै नगरी एक हजार उडान घण्टा ननाघेको 
भनी पुरानो विमान खरिद गर्ने प्रक्रियाद्वारा बोलपत्र आह्वान गरी नयाँ विमान खरिद गर्न गरिएको सम्झौता कानूनसम्मत देखिएन भन्ने महालेखालाई कसले जवाफ दिने ? निगमले निर्माता कम्पनीसँग होइन, २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ए ३३०–२०० विमान २० करोड ९६ लाख अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेर ८ करोड डलर बैना पठाएको हो । विमान अर्को महिना नेपाल आउने बताइएको छ ।
कार्यकारी सुगतरत्न तिनै व्यक्ति हुन् जसलाई भ्रष्टाचार लागेको थियो र पटक पटक राजनीतिक नियुक्ती लिदै निगममा टिकेका छन् । यिनी बरिष्ठ क्याप्टेन अवालेको सुन डलर काण्डमा समेत लिंक भएका व्यक्ति मानिन्छन् । यिनी निगमले आलुप्याज किने जसरी विमान किन्न पाउनु पर्ने अभिव्यक्ति दिएर चर्चामा आउने व्यक्तिसमेत हुन् । यिनी यिनी नेपाल दूरसञ्चारबाट अवकाश व्यक्ति हुन् ।