Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतहरु किन मान्छे बेचिरहेछन् ?

१७ सोमबार , बैशाख २०७५६ बर्ष अगाडि

काठमाडौं । नगदको पेटी बुझाएर राजदूत भएकाहरु केटी बेचेर पैसा अशुलीरहेको आरोप खाडी मुलुकबाट खुलासा हुनथालेको छ । झण्डै ६० लाख युवायुवती गरिखान विदेशीएका छन्, त्यसमा अधिकांश खाडी मुलुकमा गएका छन् । कोही मरिरहेका छन्, कोही फसेका, फसाइएका छन्, कोही जेलमा छन्, कोही उद्धारका लागि गुहार लगाइरहेका छन्, कोही मृत्युदण्डको चक्करमा फसेका छन् । विश्व वैंकको एक अध्ययनले त खाडी र कतारमा नेपाली श्रमिकको स्थिति दासको जस्तो समेत रिपोर्ट दिएको छ ।
दलालले विदेश पठाउने, सरकारले दलालसँग मिलोमतो गर्ने, गइसकेपछि पनि दूतावासहरुले दलालमार्फ तिनै नेपालीलाई शोषण गर्ने क्रमले गर्दा खाडी मुलुकमा नेपाली श्रमिकको हालत साह्रै दयनीय रहेको रिपोर्ट आइरहेका छन् । किन बिचल्लीमा पर्छन विदेश जाने नेपाली
हरु तिनको संरक्षण सरकारले किन गर्न सकिरहेको छैन ? खाडीमै बढी समस्या किन छ नेपालीलाई ? नागरिकको अन्तिम जिम्मेवारी सरकारले लिनुपर्छ कि पर्दैन ? यस्ता प्रश्नमा सरकार नीतिहीन, प्रभावहीन अवस्थामा छ ।
हालै प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चनक पोखरेलले बताएअनुसार राज्यको लापरवाहीकै कारण नेपाली कामदार समस्यामा फस्ने गरेका छन् । राजदूतावास गैररजिम्मेवार भइदिने गरेकोले दु:ख झन बढेको छ । नेपाली दूतावासले नेपाली श्रमिकको विषयमा वास्तै गर्दैन । सरकारले त्यस्ता कर्मचारीलाई र राजदूतलाई नै कारबाहीको दायरमा ल्याउनुपर्छ । तब मात्रै कादारलाई सहज हुन्छ । दूतावास स्वयम् मानव बेचबिखनमै संलग्न भएका अनेक घटना छन् । उनले यतिसम्म भने कि नेपालमा डरलाग्दो तरिकाले मौलाएको मानव बेचबिखनमा राजदूतहरुको समेत संलग्नता हुने गरेका छन् । पेटीका पेटी घूस दिएर राजदूत भएपछि केटाकेटी बेचेर अशुल त गर्नैपर्‍यो, त्यसैले नेपाली युवाहरु थप संकटमा पर्ने गरेका छन् ।
यसरी खाडी पुगेका श्रमिकको दयनीय स्थितिको रिपोर्ट आइरहदा भ्रष्टाचारीलाई टिपेर फाल्ने ओली सरकार किन कानमा तेल हालेर बसिरहेको छ कुन्नी ? यस्तो तालले पनि सुशासन र समृद्धि आउला र ?