Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तिक्तताभित्र एकता, टिक्ला ?

१० सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

काठमाडौं । मुखमा राम राम बगलीमा छुरा । यो उखान हो । यही उखान र माओवादी केन्द्र र एमालेवीचको एकता मिल्दोजुल्दो छ ।
दुबै पार्टीका आआफ्ना स्वार्थ छन्, एकता गर्ने तर दुवैले आआफ्ना अभिष्ठ पूरा हुन्छन् कि हुन्नन् भनेर हेरिरहेका छन् । माओवादी केन्द्रलाई बराबरी हैसियत, जनयुद्धको नकारात्मकतामा साझेदारी र नेतृत्व चाहिएको छ भने एमाले आफू ठूलो पार्टी भएकाले चुनाव चिन्ह आफ्नै, बढी भाग एमालेले पाउनु पर्ने र अधिवेशन खुला रुपमा हुनुपर्ने सर्तमा अडिग छ । यसको अर्थ एमाले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै छाड्न चाहदैन । स्थिति जटिल छ ।
यो जटिलता वैशाख ९ को कम्युनिष्ट पार्टी स्थापना दिवस अर्थात लेनिन जयन्ती मनाउने क्रममा राष्ट्रिय सभागृहमा राम्रै तरिकाले एकदोस्राप्रति गालीगलौज गरेर देखाए । प्रचण्ड वामदेव गौतम र माधव नेपाललाई आफूतिर तानेर ओलीलाई बराबरीमा एकता गर्न वाध्य पार्ने रणनीतिमा छन् भने केपी ओली एमालेको साख रसम्मान कायम राख्दै एकता गर्न चाहन्छन् । भावी अध्यक्ष आफू बन्नकै लागि माधव नेपालले बराबरी आधारमा पार्टी एकता भयो भने आगामी निर्वाचनमा एमालेको ९ लाख भोट घट्छ भन्ने प्रतिक्रिया दिए ।
एमालेभित्र एकसे एक नेता छन् । माओवादीमा पनि ठूला नेताहरु छन् । एकता भइहाल्यो भने तिनको हैसियत खस्किने छ । कोही उचालिने छन् भने कोही पछारिनेछन् । यहीकारणले गर्दा पनि दुबै पार्टीभित्र एकता हुनुपर्छ र हुनुहुन्न भन्ने तिक्तता बाक्लिदै गएको छ । यो तिक्ततावीच ९ गतेको लेनिन दिवसको अवसरमा दुबै नेता ओली र प्रचण्डले एकताबाट फर्कने अवस्था बाँकी छैन भनेका छन् । एकताको विकल्प छैन नेका छन् । विकल्प नभएर के गर्ने, एकता गर्न कसले रोकेको छ ? कसैले रोकेको छ भने यी दुबै नेताको इच्छाशक्रि स्वार्थले रोकेको छ ।
फर्कने स्थिति छैन, एकता गर्दा पनि तिक्कता बढेको छ । तिक्तताभित्र गरेको एकता कति स्थायी हुन्छ ? यस्तो मेल र मित्रता कति टिकाउ हुन्छ ? प्रश्न गम्मीर छ र यही प्रश्नका वीचमा देशी विदेशी तत्वहरुले खेलेका छन् र एकता हुन नदिने षडयन्त्र गरिरहेका छन् भनेर दुबै पार्टीभित्रबाट चर्को चर्को आक्रोस निस्केको पनि सुनिन्छ ।
एकताका लागि पहिलो शर्त हो विश्वास । यी दुबै पार्टीवीच विश्वासको संकट बढेको छ, घटेको छैन । बेला बेलामा यी दुबै नेता र यिनका निकटहरु एकता भनेको बराबरी आधारमा हुनुपर्छ भन्छन्, तत्काल अर्काथरिले चुनावमा पाएको मतको आधारमा एकता गर्ने हो भन्छन् । व्यापारीको घरदलानमा बसेर गोप्य कुरा गर्छन्, सहमति खोज्छन्, बारम्बार बैठक बस्नु र मिलन विन्दु खोज्न नसक्नुको कारण पनि एकापसमा अविश्वास बढेर नै हो ।
जबसम्म दुबै पार्टी पंक्तिमा विश्वासको वातावरण बन्दैन, सन्देह रहन्छ तवसम्म तिक्तताभित्र एकता खोजेर पाउन सकिन्न । त्यस्तो एकता भइहाले पनि लामो समय टिक्न सक्दैन । एमाले र माओवादीवीच यस्तै तिक्तता बढेर गएको छ । यो तिक्तताले एकता होलाजस्तो छैन ।