Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमालेभित्र ठूलै हुण्डरी आउँदैछ

१० सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

काठमाडौं । प्रचण्डले वामदेवलाई हात लिन सफल भए पनि माधव नेपाललाई सहमत गराउन नसक्दा प्रचण्डको मिसन अधुरो हुँदै गएको छ । दुबै पार्टी एकतामा ठूलो समस्या भनेको पनि माधव नेपाल तगारो बन्नुले भएको छ । माधव नेपाल भावी अध्यक्षका लागि आफ्नो होमवर्क गरिरहेका छन् र ईश्वर पोखरेलदेखि वामदेवसम्मलाई पछि पार्न थालेकाले बरिष्ठ नेता वामदेव गौतमको छटपटी बढेको छ । कुनै बेला पार्टी टुक्य्राएर माले बनाउने वामदेव गौतम घर त फर्के तर प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्नका लागि उनले ओलीलाई सुमसुम्याएर प्रचण्ड निकट पुगेको देखिदैछ ।
यहीकारण वामदेवले केपी ओलीलाई काउण्टर दिएर नयाँ पार्टी बनाउन सक्ने संकेत दिएका छन् । माओवादीले बराबरी आधारमा एकता गर्नुपर्ने र विधानमा जनयुद्ध लेख्न र दुबै पार्टीको झण्डा मिलाउन समेत समर्थन गर्नुले ओलीपक्ष वामदेवसँग सशंकिन हुनपुगेको छ । वामदेवको कथन छ– माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषको प्रतिफल आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । यसको श्रेय दुबै पार्टीले लिनुपर्ने र एकता गर्न अबेर गर्नु नहुने उनको तर्क छ ।