Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यी दुई लिंगदेन आमने सामने

१० सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

काठमाडौं । भ्रष्टाचार गर्दिन, आमाको रगत खानु सरह हो भनेर एमालेको समर्थनसहित चुनाव जितेका राप्रपा नेपालका सांसद राजेन्द्र लिंगदेन गाई काट्नेलाई चेतावनी दिइरहेका छन् भने गोरु काट्यो भनेर थुन्ने ? भनेर झ्याम कि झ्याम हानेर सत्ता पल्टाइन्छ भन्दै कुमार लिंगदेन चेतावनी दिन थालेका छन् ।
गत शुक्रवार नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा गाई काट्न पाउनुपर्छ भनेर प्रदर्शन गर्‍यो । लिम्बुवान नेता कुमार लिंगदेनले साह्रै चर्को र संविधानविरोधी भाषण गरे । हाम्रो पहिचान मेट्ने भनेर उनले लिम्बुवान राज्यको कुरासमेत अघि सारे । उनले अर्को आन्दोलनमा ६ हजार लिम्बुवान युवा उतारेर ओलीको शासन हल्लाएर ढालिदिने धमास पनि दिए ।
लिम्बुवानले नेवारलाई उठ्न आग्रह गरे, लिम्बुवानदेखि मगरातसम्म जातीय पहिचानको राज्य बन्नुपर्छ भन्ने वकालत गरे । युरोपियन युनियनको प्रतिवेदन लागू नगरिए आगो बनेर डढेलो सल्काइदिने अभिव्यक्ति पनि दिए ।
माघी, ल्होसारको विदा काट्ने यो सरकार को हो भन्दै लिंगदेनले विशेष संरक्षित क्षेत्रहरु अविलम्ब घोषणा गरिनुपर्ने र पहिचानका
 आधारमा प्रदेशहरुको नामाकरण गरिनुपर्ने आदि मागहरु अघि सारेका छन् । उनले हाम्रो पहिचानमा आधारित गठबन्धन राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपा राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, तामाङसालिङ पार्टी, खसान संघर्ष समितिलगायतका आदिवासी जनजाति ७–८ वटा पार्टी हामीले पनि ऐक्यवद्धता जाहेर गरिरहेको कुरा पनि बताए ।
मूल कुरो उनले अव भिड्ने हो भन्ने निष्कर्ष सुनाए ।
र, हामी लड्न आउँदैछौं, मार्न तैयार होउ । कुमार लिंगदेनको आक्रोसलाई सांसद राजेन्द्र लिंगदेनले प्रतिक्रिया दिएका छैनन् । देशको भन्दा ईयुको प्रतिवेदनको मुद्दा उछालेर लिंगेदन र जनजातिहरु डलरमा उफ्रन थालेको आरोप धेरैले लगाउन थालेका छन् ।