Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रसको पतनमा तीन कोइराला हाँदैछन्

१० सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

काठमाडौं । चुनाव हारेको कांग्रेस कता हरायो हरायो । राजनीतिमा कांग्रेसजस्तो ठूलो पार्टी यसरी अस्तित्वहीन हुनु भनेको वाम सरकारलाई निरंकूश हुन दिनु पनि हो ।
कांग्रेसका महासचिव शशांक कोइराला गम्भीर छन्, सुजाता कोइराला विरामीबाट उठिन्, सक्रियता केही छैन, शेखर कोइराला जिल्ला भ्रमणमा यदाकदा देखिन्छन् र उनी यो सरकार गिराइदिनसक्ने गफ गर्छन्, कसैले उनका कुरा पत्याएका छैनन् ।
कांग्रेसमा कोइराला परिवारको कमाण्ड छुटेपछि कांग्रेस कांग्रेसजस्तो देखिदैन । शेरवहादुर देउवाकै कारणले कांग्रेसले चुनाव हारे पनि कोइराला परिवारका कुनै सदस्यले आँट नगरेका कारण फेरि अर्को एक कार्यकाल पनि देउवा नै सभापति हुनसक्ने र कांग्रेसको बचेखुचेको इज्जत समाप्त पार्ने वातावरण देखिन्छ । यही चिन्ताबाट चिन्तित भएर यी तीन कोइरालाको मतो त मिलेको छ तर कसरी पार्टी हातमा लिन सकिन्छ भनेर यिनले कुनै रणनीति बनाउन सकेको देखिदैन । वीपीवाद हो कांग्रेसको मृतसञ्जिवनी बुटी । त्यो बुटी हातमा छ, मुद्दा बनाउन सकेको देखिदैन ।
शशांक, शेखर र सुजाता मिले ठूलै परिवर्तन हुनसक्थ्यो । तर यी तीन कोइराला
तीनतिर छन्, कहिले कहिले मिल्छन् तर आपसमा प्रतिस्पर्धा गर्ने गरेकाले कम्युनिष्टहरुलाई सत्ता र सडक सबै प्राप्त भएको छ ।
एकपटक नेतृत्व सुस्त भयो, नेतृत्वकै कारण कांग्रेस कमजोर भयो भन्ने यिनको निष्कर्ष छ । रामचन्द्रले यिनलाई नटेर्दा र यिनले रामचन्द्रलाई अस्वीकार गर्दा देउवाको निरंकूशता चल्यो, जसले गर्दा सत्ता र राजनीतिक शक्तिसमेत वाममा सर्‍यो ।
यी तीनमध्ये शशांक बढी प्रिय छन्, उनी निर्वाचित सांसदमात्र होइनन्, निर्वाचित पार्टी महासचिव समेत हुन् । उनी देउवाको इसारामा चल्दा चल्दा उनीभित्रको वीपीवादसमेत चाउरिएर गएको अनुभूति गरिदैछ ।
सुजाताको खासै सम्मान देखिदैन, शेखर बुद्धिजीवी त हुन् तर उनले देउवालाई साथ दिएपछि उनको अहिले हार हुनपुग्यो भने शशांक बढी गम्भीर भए, राजनीतिमा छलाङ मारेर पार्टीलाई जिवन्त पार्ने शक्ति आफूमा नदेखेर देउवाभित्रै हराएका छन् ।
पार्टी सभापति कोइराला परिवारका एकले नलिने र वीपीवादमा टेकेर पार्टी नचलाउने हो भने वामको हातमा पुगेको राजनीतिको कमाण्ड प्रजातन्त्रवादीको हातमा आउन अर्को २० वर्ष लाग्नसक्छ । कांग्रेस अहिले हार्‍यो हराउन पनि सक्छ ।