काठमाडौं । नेपाल प्रहरीलाई सुडान काण्डमा मुलुककै बेइजत गरेको सर्वोच्चको आरोप छ भने सशस्त्रभित्र पनि भ्रष्टाचारको मुद्दामा मन्त्रालय र अख्तियारले छानबिन गरिरहेको छ । यी दुबै निकाय यस्तो भ्रष्टाचारको दलदल हो, जहाँ राजनीतिक संरक्षणमा भ्रष्टनाचारमात्र हुनेगरेको छ । यति नै बेला दुबै सुरक्षा निकायको जिम्मेवारी दुई खनाल सर्वेन्द्र खनाल रब शैलेन्द्र खनालको हातमा आएको छ । अनेक छलफलपछि यी दुई खनाल व्यवसायिक बन्छन् भन्ने विश्वासमा पुग्यो सरकार
र सरकारले यी दुबैलाई आइजीपीमा नियुक्त गरेको हो ।
आइजी हुनासाथ भोजभत्तेर, स्वागत सत्कार खुब देखियो । तैपनि नेपाल प्रहरीका आइजीपी सर्वेन्द्रले व्यक्ति हेरेर काम नगर्नु भनेर सकल दर्जालाई निर्देश गरेका छन् भने शैलेन्द्र खनाल सही काममात्र गरिन्छ, पाएको जिम्मेवारी पूरा गर्छु भन्ने प्रतिवद्धता जनाएका छन् ।
स्मरणीय के पनि छ भने नेपाल प्रहरीमा गृहमन्त्री रामवहादुर थापाले सर्वेन्द्र खनालको नाम प्रस्ताव गरे भने एमाले र माओवादी भित्रै असहमति बनेपछि प्रधानमन्त्री र प्रचण्ड मिलेर खनालकै पक्षमा निर्णय गरेका थिए । यद्यपि राष्ट्रपतिले छोरो भन्ने गरेको पुष्कर कार्की यहीकारण यसपटक चिप्लिए । यद्यपि रमेश खरेलले चित्त दुखाएर पदबाट राजीनामा नै दिनुपर्यो । सहयात्री रमेश खरेलको पदको बली चढाएर सर्वेन्द्र खनालले बाजी मारे । जिम्मेवारी यसकारण पनि उनको काँधमा बढी छ । तथापि प्रतिस्पर्धी तीनैजना काविल प्रहरी मानिन्थे ।
भ्रष्टाचारमा निकै डामिएका प्रकाश अर्याल र सिंहवहादुर श्रेष्ठले भने सकुसल अवकाशको मैदानमा अवतरण गर्न सफलता पाएका छन् ।