Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजा फालियो, एमाले ढालिन्छ

०३ सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

एमाले र माओवादी केन्द्रवीच माखेसांग्लो फुक्छ कि कस्सिन्छ, एकीकरणको धर्मसंकटले ठूलै समस्या निम्त्याउने खतरा बढेर गएको छ । प्रचण्ड आवेगमा सुकुटेतिर हान्निनु, लामो समयदेखि ओली र प्रचण्डवीच वार्ता हुन नसक्नुले पेरिसडाँडाबाट खबर चुहिएको छ र वाइसीएलका नेताको मुखबाट समेत आक्रोश निस्किन थालेको छ– बराबरी नभए एकीकरण हुन्न, राजा ढालियो, कांग्रेस नचाइयो, एमालेका एमालेका तीन नेतालाई प्रधानमन्त्री बनाएकै हो, अव एकीकरणमा अपमान गर्ने हो भने एमालेलाई कसरी साइजमा ल्याउने हो माओवादी केन्द्रलाई राम्ररी थाहा छ ।
सवाल जनयुद्धको साझेदारी र बराबरीको भागबण्डा नै हो । एमालेले घुमाएर जनयुद्धका अपराधको बोझ प्रचण्डकै काँधमा थमाइदिने र एमालेजस्तो ठूलो पार्टीसँग तेश्रो दल माओवादीले बराबरीको हिस्सा खोज्नु गलत हो भन्ने निष्कर्षमा एमाले नेतृत्वतह पुगेको थाहा पाएपछि प्रचण्ड र उनका सेनाबेना आक्रोसित बन्न पुगेका हुन् । यहीकारण वाईसीएलमार्फत प्रचण्डलाई बराबरी हिस्सा नपाउने हो भने पार्टी एकीकरण नगर्न प्रायोजित दबाब दिन लगाइयो र प्रचण्ड रिसको आवेग छल्दै सुकुटेतिर हिडेको स्रोतको दावी छ ।
यसैवीच एमालेले प्रचारमा ल्याएको छ– एकीकरण एमालेकै सर्तमा हुने हो भने विशेष महाधिवेशनबाट प्रचण्डलाई एक कार्यकाल सेलेक्सनको आधारमा अध्यक्षता दिनुपर्ने ओलीको प्रत्याभूति खोजेका छन् । प्रचण्डलाई थाहा छ, विशेष महाधिवेशनमा एमाले समूहले उनलाई अध्यक्ष बन्न दिनेछैनन् । कारण एमालेका बरिष्ठ नेताहरुले हैसियत गुमाउने छन् । प्रचण्डले ओली अध्यक्ष हुने भए प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने, ओली प्रधानमन्त्री चलाउने भए प्रचण्डलाई एक कार्यकाल अध्यक्ष मनोनित जस्तै बरण गर्नुपर्ने सर्तले वैशाख ९ गते साइत जुराइएको पार्टी एकीकरण अन्योलमा परेको छ ।
यसैवीच वैशाख ९ गतेलाई होमवर्क नभ्याएकाले पर सार्ने तैयारी भित्रभित्रै चलिरहेको छ । साझा पार्टीको धारणामा ठूलो समस्या विश्वासको संकटले पारेको बताइन्छ । प्रचण्ड बढी चलाख हुनखोजेको अर्थमा एमालेभित्र सतर्कता बढेको छ भने एमालेका ओली, नेपाल, झलनाथजस्ता नेताहरु प्रचण्डले सोचेभन्दा बढी चलाख भएको निष्कर्ष प्रचण्डको छ । त्यसैले प्रचण्डले आफ्ना मान्छे मार्फत राजा ढालियो, कांग्रेस नचाइयो, अव एमालेलाई पनि देखाइन्छ भन्न थालेका हुन् ।
एकीकरण पहिले नै यसरी तिक्तता बढेपछि एकीकरण नाममात्रको हुन्छ कि साँच्चैको हुन्छ ? प्रश्न उठेको छ । गत असोज १७ को एकीकरण सपना सोम शर्माको हाँडी फुटेझैं फुट्ने त होइन ? उता भारतले मधेसी उचाल्न थालेको छ, संविधान संशोधन र भारतले चाहेजस्तो निर्णयहरु गर्नुपर्ने ओल्ीमाथि दबाब छ, अन्यथा भारतले एकीकृत हुनै नदिने, भए फेल गराइदिने धमास दिन थालेको छ भने यता शीर्ष नेता ओली र प्रचण्डवीच नै फाटो आउन थालेको देखिदैछ । एकदोस्रालाई गाल्ने र पगाल्ने खेलले ९ गतेको एकीकरण हुनसक्ने सम्भाबना न्यूनिकरण हुँदै्र गएको विश्लेषकहरु बताउँछन् । यद्यपि एमालेका सुवास नेम्वाङले एकीकरण हुन्छ भन्दैछन्, एमालेकै झलनाथ खनाल बराबरीमा हुन्न भनिरहेका छन् । कम्युनिष्टको एकीकरण प्रकृया राम जाने हुनपुगेको छ ।
प्रेमालाप गरेर अघि बढेका दुई नेता ओली र प्रचण्ड अव वार्तालाप हुँदै बोलचाल बन्द र बाझाबाझजस्तो स्थितिमा पुगिसकेका छन् । राजनीतिले यू टर्न लिन्छ कि केही समय यसैगरी चल्छ, भन्न नसकिने भयो ।