Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देश प्रदेशका अभिभावक कि चार वच्चाका ?

०३ सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

काठमाडौं । मन्त्रिपरिषदको बैठक गर्न रारा पुगेका केपी ओलीले २ बच्चाको अभिभावकत्व लिएका छन् ।
उनको सिको गर्दै ४ नम्बरका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुइृ बालबालिकाको अभिभावकत्व लिए ।
अव यो क्रम हरेक मुख्यमन्त्री, सांसद, सभासदसम्म चल्ने हो भने धेरै बालबालिकाको उद्धार हुनसक्छ, धेरै गरीव बालबालिकाले पढ्न पाउनेछन् ।
राजा महेन्द्रले रुकमांगद कटवालको अभिभावकत्व लिदा, उसले देशको सैनिक नेतृत्व सम्हाल्ने काविलियत हासिल गर्‍यो, अहिले पनि कटवाल नेपालको झण्डा उचालिरहेका छन् ।
राम्रो शिक्षा र संस्कार पाए भने दूरदराजका बालबालिका होनहार बन्नसक्ने रहेछन् । तिनलाई अवसरको खाँचो रहेछ भन्ने देखिन्छ ।
तर प्रश्न उठ्छ, रारा तालको डिलमा मन्त्रिमण्डलको बैठक गर्न पचासौं लाख खर्च गरेर पुग्ने प्रधानमन्त्री ओलीले १२ कक्षासम्म निशुल्क खाना र शिक्षाको घोषणा किन गरेनन् ?
यस्तो प्रचार त एमालेकै माधव नेपालले पनि गरेका थिए । कालापत्थर पुगेर मन्त्रिमण्डलको बैठक राखे, नतिजा जिरो । ओलीको रारा बैठक र देशका नाममा सन्देश पीरो नहोस् ।
प्रधानमन्त्री दम्पत्तिले मुगुका दुई बालिका छिजु तामाङ र थिल्ने तामाङलाई पढाउने र अभिभावकत्व ग्रहण गरेका हुन् भने मुख्यमन्त्री सुब्बाले पोखरा लेखनाथका ५ वर्षीय शीला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गरेका हुन् । यिनका बाबु दीर्घरोगी र आमाले ज्यामी काम गरेर पेट पालिरहेकी रहिछन् । यही कामबाट राष्ट्रिय भर्ना अभियान सुरु भएको पनि बताइयो । तर प्रधानमन्त्रीले शासनमा रहेका सबैले सामुदायिक स्कूलमा आफ्ना बालबालिकालाई पढाउनु पर्ने उर्दी जारी गर्न सकेनन् । यो पनि दुर्भाग्य नै हो ।
हरेक बालबालिकालाई किङ र क्विनका रुपमा राज्यले अभिभावकत्व लिने हो भने देशभक्ति कस्तो हुन्छ भन्ने पुस्ता तैयार हुनसक्छ । यसतिर सरकारको ध्यान गएन । प्रमले सक्नेले एकजना बालबालिकाको अभिभावकत्व लिइदिन आग्रह गरेका छन् । उनको आग्रहलाई उनकै मन्त्री र सांसद सभासदले टेरेनन् ।