काठमाडौं । केपी ओली भारत भ्रमण सकेर नेपाल नफर्कदै नेपाल नीतिकार मानिने एसडी मुनीको खुनी हमला भइसकेको थियो । उनले लेखे– चीनको प्रभाव रोकिदैन, भारतको पकडबाट नेपाल निस्कन चाहन्छ र संविधान संशोधन गरिन्न भने हामीले खडा गरेको माओवादीलाइ भड्काइदिन्छौं, मधेसी उठाएर लगाइदिन्छौं । यो भन्दा खुनी हमला के हुन्छ ?
नभन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच वार्ता हुन छाडेको छ । ९ गने एकीकरण सभा हुन्छ, ५ लाख कार्यकर्ता राजधानीमा उतारेर एकीकरण सभा गरिन्छ भन्ने दुबै पार्टीको तैयारीमा ब्रेक लागेको छ । मधेसका नेता लक्ष्मण लाल कर्णले मधेस छुट्टिन्छ, कसले रोक्न सक्छ भनेर खुलेआम संविधान विरोधी अभिव्यक्ति दिन थालेका छन् ।
हो, दुबै कार्यदलले मिलाउन बाँकी, झण्डा, नाम, जनयुद्ध, जबज, नेतृत्व, केन्द्रिीय र पोलिटव्यूरो सदस्य संख्या, प्रतिनिधित्वको आधार
र संख्या तथा रेसियोमा निर्णय नेतृत्वले नै गरुन् भनेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन धुलाम्मे भइसक्दा पनि दुई नेतावीच वार्ता हुनसकेन । प्रचण्ड वार्ता नहुने भएपछि सुकुटेतिर सुकुटी खान हिडेको खबर पो आयो ।
अन्तिम छलफल जरुरी छ । व्यापक बहस नगरी पार्टी एकता हुनसक्ने स्थिति छैन । दुबै दलका नेताले निर्णय गरे पनि नेतृत्व र मुख्य कार्यकर्तावीच सम्मतिको ताली बजाउन पनि बाँकी छ । यसकारण कतै दिल्लीका एसडी मुनीले जसरी खुनी हमला माओवादी र एमालेमाथि गरेका छन्, कतै त्यही हमलाको सिकार दुई पार्टीको एकीकरण त भएन ?