Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

तिब्बती गुरु, राष्ट्रति र प्रधानमन्त्री

२६ सोमबार , चैत्र २०७४९ बर्ष अगाडि

काठमाडौं । नेपालले एक चीन नीति फेरेको छैन । चीन सधैं सशंकित रहने विषय नै दलाई लामाको फ्रि तिब्बत मुभमेन्ट हो । यद्यपि लामो समयदेखि राजधानीमा दलाई लामाको फ्रि तिब्बत मुभमेन्ट सतहमा देखिदैन र भित्रभित्रै चलिरहेको छ । चीनलाई अपमानित गर्न, चीनमा मानवाधिकार छैन भनेर राजधानीमै दलाई लामाका एक अनुयायीले बौद्धमा आत्मदाहसमेत गरेका थिए । फ्रि तिब्बत मामिला चिसो बनेको छ । चिसोको अर्थ फ्रि तिब्बत मुभमेन्ट सकियो भन्ने होइन ।
माष्टर कर्मा तनपाई ग्याल्सेन दलाई लामाका पक्षधर, फ्रि तिब्बत मुभमेन्टका समर्थक मानिन्छन् । उनीसँग केही समय अघि राष्ट्रपति विद्या भण्डारीले दर्शन नमस्ते गरेकी थिइन् भने दिल्ली भ्रमणका  बेलामा प्रधानमन्त्री केपी ओलीले नेपाली दूतवासमा उनको दर्शन गरेर मात्र गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालय पुगे, रुद्राक्ष रोपे र डाक्टर अफ साइन्सको उपाधि ग्रहण गरे ।
भारतले दियो, उनले लिए । डाक्टर ओली बने । यसमा भन्नु केही छैन । मात्र सवाल छ– एकाएक ओलीलाई दूतावासमा फ्रि तिब्बत मुभमेन्टका अभियन्ता माष्टर कर्मा तनपाईलाई कसले पुर्‍यायो, किन पुर्‍यायो र प्रधानमन्त्रीसँग भेटायो । यी बौद्ध गुरुसँग आशीर्वाद लिन उक्साउने तत्व कुन कुन हुन् ? यतिबेला माष्टर कर्मा तनपाई ग्याल्सेनको फेसबुकभरि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओली रंगिएका छन् । इन्द्रेणी बनेका छन् । कतै यो इन्द्रेणी चीनको अविश्वासको कारण नबनोस् । नेपालले एक चीन नीति लिएकोमा भाँजो बन्न नपुगोस् ।