काठमाडौं । फोटो ग्राफर प्रकाश मास्के यतिबेला घुँडाको अपरेशन गरेर वीर अस्पतालको बेडमा छटपटाइरहेका छन् । उनले पठाएको सन्देशमा उनको अधुरो सपनाहरुको पोष्ट साझा गरेका छन् र लेखेका छन्– रगत नारीकै, जन्म नारीकै कोखबाट लिन्छौं, दुध त्यही नारीकै खान्छौं । यिनै नारीको काखमा खेल्छौ र हुर्कन्छौ, अन्त्यमा तिनै नारीलाई बलात्कार गरी हत्या गर्छौ । आखिर किन र कहिले सम्म ? के यही सिकाएको छ तिमीहरूलाई ? एक किलोको ढुङ्गा ९ महिनासम्म पेटमा बाँधेर हिंड अनि थाहा पाउनेछौ नारी को हो ? आमा के हो ?
टिप्पणी : नेपाल दु:खी छ, अविकसित छ, असुरक्षित छ किनभने आमा असुरक्षित छिन् । जबसम्म आमा सुरक्षित हुन्नन्, सुख कहाँबाट पाइन्छ । अव त आमाको कोखमै भ्रुणहत्या गर्नेसम्मका अपराध बढाइदैछ । आमाको गर्भबाट आमालाई तुहाइदिने, छोरी कोही जन्माउन नचाहने हो भने आमाको गरिमा महिमा घट्यो कि बढ्यो ?