Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनसरकारले पनि बाटो निर्माण थाल्यो

१९ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

कालीकोट । विप्लव नेतृत्व नेकपाले लुलालुदेखि माल्कोट रुप्साहुँदै कोटबारा सम्मको ४० किलोमिटर सडक खण्ड निर्माण थालेको छ । यति लामो सडक कुनै पार्टीले आफै थालेको र पुरा भयो भने यो पहिलो घटना हुनेछ ।
राष्ट्रिय सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाबाट काम सुरु भएको छ । नेकपाले यो सडक सम्पन्न गर्न प्राथमिकता दिने भनेको छ । यसको नाम लालु–लैफु शहीद मार्ग राखिएको छ । पार्टीका नेताका अनुसार हामीले लामो प्रतीक्षामा रहेको सडक निर्माणको काम थालेका छौं, यस आर्थिक वर्षमा केही खण्ड काम सक्ने तयारी गरेका छौं ।
आर्थिक स्रोत के हो ? यस सम्बन्धमा विप्लव माओवादी पार्टीको भनाई छ–  सडक निर्माण जनपरिचालनबाट गरिनेछ । २१ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको सडक निर्माणमा इन्जिनियर नरेन्द्र बिकले बताएका छन् । यो सडक निर्माणका लागि हाललाई १५ करोड रकम विनियोजन गरिएको छ, यसैबाट डोजरका लागि सात करोड बजेट छुट्याइएको छ । यो सडकको चौंडाई ९ मिटरको हुनेछ । जनसरकारले यो राजमार्ग निर्माण सम्पन्न गर्ला त ? सडकका नाममा भ्रष्टाचारमात्र गर्ने सरकारलाई विप्लवले चुनौती दिएका छन् ।