Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

छाला जुत्ता लगाएरै पूजा

१९ सोमबार , चैत्र २०७४८ बर्ष अगाडि

काठमाडौं । छालाको जुत्ता लगाएरै पूजा गर्न हुन्छ कि हुन्न ? दक्षिणा पाएँ भन्दैमा बाहुनले पूजा गराउन मिल्छ ?
तर, नेताहरुलाई जहाँ जहाँ पूजा गराउँछन्, बाहुनले जुत्ता फुकाल्न भन्न सक्देनन् । आस्थाले पूजा गर्ने हो भने बिधि नेताले र बाहुन दुबैले पूरा गर्नुपर्‍यो नि ?
बारामा ८४३ बिगा जग्गामा १० अर्वको लागतमा स्थापना हुन लागेको देशकै दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) को एउटा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्रीले छालाको जुत्ता लगाएरै पूजाआजा गरेका हुन् ।
यही शिलान्यासमा मन्त्री मातृका र रघुवीर महासेठलाई साक्षी राखेर भारत नेपालको साथमा रहेको सगौरव घोषणा गरेका थिए । कसैले विश्वास गरे नगरे पनि नेपाल भारत सम्बन्ध अव नयाँ उचाइमा पुगेको छ । भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न इच्छुक भएको छ । अव देश अघि बढ्यो, ढुक्क हुनुहोस् ।
ओलीको भनाई थियो– म देशको लागि लडेको हुँ । देशको भूगोल, सर्वभौमसत्ताबाहेक सबै कुरा परिवर्तन हुनसक्छन् । जनताको हितका निम्ति सबै कुरा परिवर्तन गर्न सकिन्छ । सहकारी मार्फत् सामूहिक खेती गर्न सकिन्छ । छुकछुक होइन, सलल बग्ने रेल चल्छ । तराईमा आधुनिक प्रविधिको रेल गुड्ने दिन आउन लाग्यो । अव तराईको फाँटमा नै रेल गुड्छ गुड्छ ।