Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहाडा अस्पतालमा सिटामोल छैन

१९ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

काठमाडौं । जाजरकोट, हुम्ला, जुम्ला, कालिकोटतिर जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराउन आउने बिरामीले सिटामोल पनि पाउन छाडेका छन् । सरकारले ती अस्पतालहरुमा निशुल्क वितरण गरिने औषधि आपूर्ति नगर्दा पहाडी जिल्लाका आमसर्वसाधारण मारमा परेका छन् । हेर्ने कसले ?
१ अर्व ५ करोडको औषधि खरिद गर्नुपर्नेमा अहिलेसम्म २५ करोडको पनि औषधि खरिद भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई अख्तियार दिए पनि विभाग निमित्तले चलाइरहेको हुँदा किन खतरा मोल्ने, भ्रष्टाचार लाग्यो भने भनेर निमित्त चुडामणि भण्डारीले खरिद गर्ने हिम्मत गरेका छैनन् । उनी ७७ वटा जिल्लामा औषधि खरिद गरी पठाउन कठिनाइ छ भनेर टकटकिने गरेका छन् । निमित्तलाई ठूलो अख्तियार हुन्न, कसरी खरिद गरेर पठाउने भनेर बसेका छन् । ठूलो बजेट खेलाउन र कमिशन खान पाउने भएर स्वास्थ्य मन्त्रालयले महानिर्देशक नियुक्त गर्न सकेको छैन ।