काठमाडौं । चैत ९, मार्च २३ का दिन पाकिस्तानी दूतावासले होटल हयातमा ७८औं राष्ट्रिय दिवस मनायो । यो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षेत्री, कूटनीति कप्र्सका सदस्यहरु, राजनीतिक नेताहरु सहभागी भएका थिए ।
यो कार्यक्रमको दुई आकर्षण थिए । पहिलो पाकिस्तानी गायिका सारा रजा खानको नेपाली गाना र भारतीइ राजदूत मञ्जिव सिंह पुरीको विशेष उपस्थिति । पाकिस्तानी गायिकाले गुलाम अलीका गजल गाइन् भारतीय राजदूतले सुनिरहे, तर जब उनले नेपाली गीत गाजलुती ठूला ठूला आँखा गाइन्, भारतीय राजदूतलेपनि ताली बजाए । रेशम फिरीरी... गाउँदा पनि भारतीय राजदूत दम्पत्तिले खुशी जाहेर गरेका थिए । कुटु मा कुटु गीतमा निम्तालु विशिष्ट व्यक्तिहरु जोस्सिदा भारतीय राजदूत पनि क्षणभर जोस्सिएको देखियो । भारत र पाकिस्तानवीच जतिसुकै कटुता भए पनि नेपालमा भएको यसवर्षको पाकिस्तानी राष्ट्रिय दिवसमा दुबै मुलुकवीच शान्तभाव स्वागतयोग्य रह्यो ।