Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाबुराम र प्रचण्डवीच वाकयुद्ध

१२ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

काठमाडौं । डा.बाबुरामका दृष्टिमा प्रचण्ड सबै मोर्चामा हारेका, थाकेका र पछि परिसकेका नेता हुन् । यस्ता गलित नेताले के बोले भनेर टिप्पणी नगर्दा राम्रो ।
प्रचण्डको गृहजिल्ला चितवनमै पुगेर बाबुराम भट्टराईले रेमिटान्सले चलेको सरकारले तिनलाई मताधिकार दिनुपर्ने, सरकारको राम्रो र नराम्रो कामको समर्थन र विरोध गर्ने नीति रहेको उल्लेख गरे ।
चितवनमा आयोजित यो लुम्बिनी बैठकमा बाबुरामको तारो प्रचण्ड थिए, उनले पार्टीलाई एमालेकरण गरिसकेको आरोप समेत लगाए । बाबुराम प्रचण्डप्रति अलि बढी नै आक्रोसित मुद्रामा थिए ।
प्रचण्डले बाबुरामप्रति लक्षित गर्दै भनेका छन्– एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्‍याइयो तर त्यो नेतृत्व बहुलाएर गयो ।  मन्चमै रहेका आहुतीप्रति कटाक्ष गर्दै अझैं कति बुद्धिजिवि बहुलाउने हो त्यो हेर्दै जान्छौ । जनयुद्धमा होमियो, सिंहदरवार कब्जा गर्ने इच्छा ममा थियो, अरु कसैमा थिएन । सिंहदरवार कब्जा गरेर दलितलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने इच्छा थियो, त्यो सम्भव भएन भन्दैजनयुद्धमा दलितले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्ने प्रचण्डले ती अहिले कहाँ छन्, मुख खोलेनन्, केही भनेनन् ।