Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साकेलामा गोरु काटिन्छ

१२ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

काठमाडौं । आङकाजी शेर्पाले फेरि गाईगोरु काट्ने कुरा उछालेका छन् र भनेका छन्– आउँदो साकेलामा मुख्यमन्त्री शेरधन राईलाई निम्तो दिएर गोरु काटिन्छ । उनले रिपोर्टर्स क्लवबाट यस्तो घोषणा गरेका हुन् ।
संविधानले गाई काट्न बन्देज लगाएको छ । गाई राष्ट्रिय जनावर पनि हो । संविधान कार्यानवयन गर्न बनेको ओली सरकार संविधानमाथि यसरी खुला धावा बोलिदा यसबारेमा चुप्पी साधेर बसेका छन्, जुन आश्चर्यजनक पनि हो ।
किराँतीको सांस्कृतिक पितृपूजामा गाई गोरुको टाउको राखेर पुज्नुपर्छ । यो हाम्रो संस्कृति हो । राज्यले गाई गोरु काट्न नपाउने कानुन बनाएर हाम्रो संस्कृतिमाथि अतिक्रमण गरेको छ, यसकारण आदिवासी समुदाय आक्रोसित छ भन्दै यसवर्ष नेपाल आदिवासी जनजाति महासंघा पूर्व महासचिव आङकाजी शेर्पाले किराँतीको महान चाड साकेला गोरु काटेर मनाउने घोषणा गरेका छन् । धर्मनिरपेक्ष नेपालमा हाम्रो संस्कृति पुनर्जिवित पारिन्छ, यो त्यही अभियान हो,  साकेलामा गृहमन्त्री रामबहादुर थापा र ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङलाई अतिथि बनाइनेछ ।
हाम्रा पितृहरुलाई गोरु चढाउनु पर्छ, सबैलाई गोरुको मासुका परिकार खुवाउनु पर्छ । यसकारण यसपटकको साकेलामा गोरु काटिन्छ ।
यही मञ्चबाट आफ्नो आवद्ध पार्टी फोरम नेपाललाई यस कार्यमा सघाउन, समर्थन गर्न आहनसमेत गरे उनले ।
सामाजिक सञ्जालमा गाई काट्न पाउनुपर्ने पक्षमा देशविदेशमा रहेका  जनजातिहरुले सरकारविरुद्ध व्यापक हल्लाबोल नै गरेको देखिदैछ ।