Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

किन उठ्यो गाई काट्ने कुरा

१२ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

भारतको झारखण्डमा गाईको मासु बेच्ने ११ जनालाई जन्मकैदको सजाय भएको छ । गाई काट्नेमाथि कडाइ गरिए पनि जन्मकैदको फैसला पहिलोपटक भएकोहो ।
गतवर्ष गाई काटेको आरोपमा ५५ वर्षका अलिमुद्धिन अन्सारीलाई हिन्दुहरुले कुटी कुटी मारेका थिए । यो झडपमा अरु १० जना मारिए । गाई काट्ने मुद्दाले भारतमा हिन्दु र मुस्लिम वीच काटमार हुनेगर्छ ।

काठमाडौं । हेटौंडा १२ पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोन गाई काटेको अभियोगमा पक्राउ परे । किन पक्राउ गरेको भन्दै तामाङ घेदुङले बिना सर्त रिहा गर्न माग गर्‍यो । घेदुङले गत विहीवार गृहमन्त्रीलाई भेटेर निर्दोषमाथि अन्याय भएको, सिंगो तामाङबस्तीमा प्रहरीले राज्य आतंक फैलाएको भन्दै पक्राउ परेकालाई रिहा गर्न र गाई काट्न पाउनुपर्छ भन्ने माँगपत्र समेत बुझाएको थियो । गृहमन्त्रीले तामाङको पक्षमा सरकारले निर्णय गर्ने, कानुन बनाउने आश्वासनसमेत दिएर पठाए ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले प्रहरीमाथि घूस माँगेको आरोपसमेत लगाएका छन् । उनले भनेका छन्ँ तामाङ समुदायमा गाई गोरुको मासु खाने चलन सदियौंदेखि छ भन्दै तामाङ समुदायलाई दु:ख दिन बन्द गरिनुपर्ने उनको माँग छ । धर्मनिरपेक्ष देशमा आफ्नो संसकृति र धार्मिक परम्परा मान्न स्वतन्त्र हुन पाउनुपर्छ, संविधानले यो अधिकार दिएको छ, अधिकार उपभोग गर्न दीर्घकालीन समाधान खोजियोस् ।
गृहमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाउन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, ३ नम्बर प्रदेशकी उपसभामुख 
राधिका तामाङ, माओवादी केन्द्रका नेता सूर्यमान दोङ, प्रदेश ३ का सांसद् ओम घलान, तामाङ घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, उपाध्यक्ष घिसिङ, महासचिव बाबु घिसिङलगायत गएका थिए ।
प्रदेश ३ की उपसभामुख राधिका तामाङले गाईको मासु खान पाउनुपर्छ भनेपछि यो मुद्दाले देशै आतंकित बन्न पुगेको छ । संविधान कार्यान्वयन गर्ने जिम्मेवारीसमेत लिएका उपसभामुख र नेताहरुले गाई काट्ने कुरा गरेर जातीय र धार्मिक हिंसाको बिजारोपण गरेका छन् ।
नयाँ नेपाल बनाउने नाममा गाई काट्ने, गाईको मासु खान पाउनुपर्ने मुद्दाले नेपाली राजनीतिलाई तताएको छ ।
एकातिर युरोपियन युनियनले खस आर्यलाई आरक्षण बन्द गरिनुपर्ने भनेर जनजाति उचाल्नु, धर्म परिवर्तनको चलखेल गर्नु र अर्कोतिर सांसद, नेता, उपसभामुखले नै गाई काट्ने नयाँ मुद्दा, संविधान विरोधी मुद्दा उछाल्नुले देशैभरि सनसनी फैलिएको छ ।
विपक्षी दल नेपाली कांग्रेसले त यही मुद्दालाई उछालेर सडक तताउन सुरु पनि गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले किन हो, माओवादी केन्द्रले जनजाति नेताहरुलाई उचालेर यति गम्भीर द्वन्द्व निम्त्याइसक्दासमेत केही बोलेका छैनन् । कतै प्रधानमन्त्री दुई तिहाईको सर्वशक्तिमान प्रधानमन्त्री बन्न खोज्नु र समयअनुसार संविधान संशोधन हुनसक्छ भन्नुले संविधानबाट गाईलाई राष्ट्रिय जनावरको सूचीबाट हटाउने साजिस त भइरहेको छैन ? धेरैको प्रश्न छ ।