लोग्शरी कुँवर (सञ्चारिका विशेष)
धनगढी, पुस ८। बाध्यात्मक यौन व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका वादी महिलाले आफूलाई त्यो पेशाबाट मुक्ति दिन सरकारसँग आग्रह गरेका छन्। \u000aसञ्चारिका समूहले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले जीविकोपार्जनका लागि यौन व्यवसाय गरिरहेका वादी महिलालाई आय आर्जनसहित पुनर्स्थापना गर्नुपर्ने माग सरकारसँग गरे। धनगढीमा 'सरकारले वादी महिलासँग गरेको सम्झौता कार्यान्वयन नहुँदा परेको असर”का विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वादी महिलाले आफूहरु यो पेशाबाट मुक्ति चाहेको बताए। 'हामी यौन पेशा गर्न चाहन्नौं। हामीलाई आय आर्जनको काम दिनुपर्यो। यौन व्यवसाय गर्ने रहर हामीलाई छैन।” कार्यक्रममा सहभागी लक्ष्मी वादीले भन्नुभयो।
कैलालीको मुढा, सत्ती, बल्चौरलगायतबाट आएका ४० जना वादी समुदायका प्रतिनिधिले सरकारले वादीसँग गरेको २६ बुँदे सम्झौता कार्यान्वयन नहुँदा वादीका समस्या ज्यूँ का त्यँू रहेको बताए। कार्यक्रममा बोल्दै सभासद मोहनसिंह राठौरले अहिलेपनि गाँसवासको व्यवस्था नहुँदा जीवन गुजाराकै लागी यौन व्यवसाय गर्नुपर्ने वादी महिलाको समस्याप्रति राज्य गम्भीर नभएको स्वीकार्नुभयो। वादी समुदायको शि212ा, स्वास्थ्य, रोजगारीका लागी राज्यका सबै निकाय गम्भीर हुनुपर्छ, बताउनुभयो। कैलालीका प्रमूख जिल्ला अधिकारी महादेब पन्थले विगतमा वादी समुदायले सरकारसँग सम्झौता भएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुले चाहेको थरबाट नागरिकता उपलब्ध गराउँदै आएको स्पष्ट पार्नुभयो। कार्यक्रममा सहभागीले वादीको बसोबास रहेको कैलालीको मुढामा राखिएका वोर्ड हटाउन माग गरेका थिए। उक्त ठाउँमा देह व्यापार गर्न रोक लगाईएको छ भनेर राखिएका बोर्डहरु प्रति उनीहरुको आपत्ती थियो। यो मागप्रति प्रमूख जिल्ला अधिकारी पन्थ सकारात्मक भई यसका लागि पहल गर्ने वचन दिनुभएको थियो। त्यो ठाउँबाट तत्काल बोर्ड हटाउने र बाध्यात्मक यौन व्यवसाय गरिरहेका महिलालाई आय आर्जनका काम गर्ने वातावरण मिलाउने पनि उहाँको प्रतिवद्धता थियो। कार्यक्रममा बोल्दै वादी अगुवा एवं अधिकारकर्मी उमादेवी वादीले आफूले उमा वदेनी लेखिएको नागरिकता बोकेर हिँडिरहेको बताउनुभएको थियो। आफूले वदेनी हटाएर वादी वा अन्य कुनै थरबाट नागरिकता लिन सक्ने कानुनी व्यवस्था भएपनि राज्यले सबै वादीलाई सम्मानजनक दृष्टिले नहेरेसम्म आफू एक्लैले नागरिकता नसच्याउने अडान उहाँको थियो। बिनाबुबाका सन्तानकी आमा बनेर कष्टकर जीवन निर्वाह गरिरहेका वादी युवतीको अधिकारका लागि राज्य संवेदनशील नभएको भन्दै उहाँले वादी युवतीलाई पेट गुजारा गर्न यौन व्यवसाय गर्नैपर्ने बाध्यताको अन्त्य गर्न समेत माग गर्नुभयो।
कार्यक्रममा धनगढी ईन्जीनियरिङ क्याम्पसका प्राचार्य शिवहरी मुडभरीले आउँदो वर्षदेखी एसएलसीमा पहिलो श्रेणीमा पास गर्ने वादी छात्रालाई मानविकी, विज्ञान र व्यवस्थापन संकायमा क्याम्पसले निःशुल्क पठन पाठनको व्यवस्था गर्ने वचन दिनुभयो। कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला शि212ा अधिकारी गणेश बहादुर सिंह, प्रहरी उपरी212क विक्रम चन्द, निमित्त महिला विकास अधिकृत सीता केसी, कैलाली उद्योग वाण्ािज्य संघकी सदस्य रुक्मणी देवकोटा, वादी अगुवा अर्जुन वादी लगायतले वादीका समस्याप्रति सरकार संवेदनशील हुन जरुरी रहेको बताए।