Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेतालाई रामदेव योग

०१ आइतबार , चैत्र २०७११० बर्ष अगाडि

योग शारीरिक आरोग्यता र तन्दुरुस्त मानसिक विवेकका लागि अत्यावश्यक साधना हो। क्लिष्ट बन्दै गएको सांसारिक जीवनलाई महिमामयी बनाउनका लागि योगसाधना सबैभन्दा महत्वपूर्ण खुराक अथवा जरुरी पौष्टिकतत्व बन्न पुगेको छ। गर्न

खोजेको उद्देश्य प्राप्तिका लागि योग सबैभन्दा उत्तम माध्यम हो। शायद नेपाली राजनीति र समाजलाई योगको आवश्यकता ठानेर हो कि दोस्रोपटक चर्चित योगी रामदेव राजधानी आउने भएका छन्। रामदेव आउने कुराले राजनीतिक नेताहरुमा पनि

योग सिक्ने र सिकेको योग साधनालाई थप दुरुस्त पार्ने अवसर मिल्ने मेला आउने भएको छ।
योग विज्ञान शिविरका आयोजक अध्यक्ष बनेका छन्: डा.उपेन्द्र महतो। उनका अनुसार २०७२ साल वैशाख ११ गते देखि १५ गतेसम्म टुँडिखेलमा योगविज्ञान सिकाउने कक्षा सञ्चालन हुनेछ र ४० हजारभन्दा बढीले योगी रामदेवबाट सिधै योगज्ञान लिन

सक्नेछन्। योग शिक्षा लिन चाहनेहरुले समितिबाट शिविर पास पाउनेछन्। योग शिविर विहान ५ बजेदेखि ८ बजेसम्म निशुल्क सिक्न सकिनेछ। नेपालमा पतञ्जली योगपीठ पनि खोलिएको छ। शिविरका अवसरमा हरिद्वारबाट वैद्यहरु पनि आउनेछन् र

उनीहरुबाट निशुल्क स्वास्थ्य परीक्षण गराउन सकिनेछ। महतोले पत्रकारलाई जानकारी दिएअनुसार आचार्य बालकृष्ण पनि आउनेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र संघमै विश्व योग दिवस मनाउनु पर्ने प्रस्ताव गर्दा १ सय ७२ राष्ट्रले समर्थन

गरेका थिए। यसपछि स्वामी रामदेवको योगको विश्वस्तरमै माग बढेर गएको छ। यसपटक नेपालमा योग शिविरका लागि ४० लाख खर्च हुनेछ भने त्यो खर्च ७५ जनाबाट संकलन भइसकेको छ। स्मरणीय रहोस्, पतञ्जली योगपीठ नेपालले अहिले ४०

हजार शिक्षक शिक्षिकाबाट नेपालभर योग शिक्षा प्रचारप्रसार भइरहेको छ। रामदेव आउने भनेपछि घर घरमा 'रामदेव' योग गर्नेहरुको संख्या फेरि ह्वात्तै बढेको छ। पहिलोपटक रामदेव नेपाल आउँदा प्रचण्ड र झलनाथ खनालले टुडिखेलमै योग

साधना गर्न पुगेका थिए। यसपटक पनि राजनीतिक नेताहरु रामदेवसँग योग साधना सिक्न जाने निश्चित भइसकेको बताइन्छ। अपेक्षा गरौं, स्वामी रामदेवसँग योग साधना सिकेर शारीरिक र मानसिक रुपमा विद्यमान विकारबाट नेताहरु मुक्त होउन् र

देशका लागि संविधान लेख्ने विवेक स्वस्थ बनाउन सकुन्। एक नेपाल र नेपाली एकता कायम हुने संविधान जारी हुनसकोस्।