Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अर्को जनयुद्धको सनसन

१६ बुधबार , फाल्गुण २०७४७ बर्ष अगाडि

काठमाडौं । सुर्खेततिर निर्वाचित प्रतिनिधिहरुलाई राजीनामा दिन पत्र काट्ने नेकपाले स्याङ्जातिर यसरी भित्ता भित्ता रंगाउन थालेका छन् । जनयुद्धका यस्ता भयभित पार्ने क्रियाकलापले आमनागरिकलाई तर्साउन थालेको छ ।
्अर्को जनयुद्धको संकेत हो यो ? एउटा जनयुद्ध सत्ता र शक्तिमा गएपछि सेलायो, अर्को जनयुद्ध भयो भने के होला ?
एउटा जनयुद्धमा १७ हजार मारिए, अर्को  जनयुद्ध भयो भने कति मारिने ? मर्ने र मार्ने बाहेक नेपालमा कम्युनिष्टहरुको अरु कामै छैन कि के हो ? यस्तो प्रश्न उठ्न थालेको छ । अव त शान्ति होला कि भन्यो, अर्को क्रान्तिको सुरुआत हुनेगरेको छ, यो त अति भएन र ?
कायरहरुले आत्मसमर्पण गर्छन तर बिरहरु अन्तिम लक्ष्य प्राप्त नहुदा सम्म लडी रहन्छन् । यही लडाइ हो भने लक्ष्य के हो, एउटाका लागि सत्ता भयो, अर्कोले सिंहदरवार नै ताकेको हो त ?
नयाँ क्रान्तिवालाहरु प्रचण्डलाई सोधिरहेका छन्– जनवादी व्यवस्था यही हो ? सुप्रिमो कामरेड प्रचण्ड, जमिन जोत्नेहरुको होइन दलालहरुको भयो । घर पोत्नेहरुको होइन लुट्नेहरुको भयो । राज्य सत्ता जनताको होइन संसदबादी दलालहरुको भयो । जुन व्यवस्थाका बिरुद्द भित्ताहरुलाई उभ्याउनु भयो, तिनै भित्ताहरुलाई संसदीय व्यवस्थाको बलियो पर्खाल बनाउने चेष्टा गर्नु भयो । यो कदापि मान्य हुदैन । प्रचण्डले किन जवाफ नदिएका होलान् ? जरुरी नभएर हो ?
१० वर्षे क्रान्तिले देश जरजर अवस्थामा पुग्यो । बल्ल सुस्ताएको छ, चुनाव भएका छन्, जनप्रतिनिधिहरु चलायमान भएर काम गर्ने सुर कस्दैछन्, यता अर्को क्रान्तिको शंखघोष भयो ।
यो सबै समाजवादको असफलताले गर्दा भएको हो । गरिवी छ, धेरै जाति छन्, यी दुबै विषयमा चलखेल गर्नेले गर्छन् र जनता उफार्छन् । नेकपाले जनवादमै टेकेको दावी गरेर उफ्रिन थालेको छ, जबकि उसले संसदवादलाई विरोधमात्र गरिरहेछ ।
विप्लव संसदवाद ध्वस्त पार्न सक्छु भन्दैछन्, संसदवाद विप्लवलाई संसदवादी बनाउन सकिरहेको छैन । यसरी भित्तामा अर्को क्रान्ति त देखियो, सडकमै भित्ताको क्रान्ति ओर्लियो भने के हुन्छ ? ओली सरकार किन मौन
 बसिरहेको छ ? सरकारले यस प्रकारका जनयुद्धलाई समन गर्ने र तिनलाई मूलधारमा समेट्ने प्रयास नगर्नु नै गलत हो । परिआए सेना परिचालन गरिन्छ भन्ने तरिकाले सरकारले जसरी यस प्रकारका आततायी आक्रोशलाई नजरअन्दाज गरेको छ, यो छिटै नासुरका रुपमा देखिनेवाला छ । मधेसतिर सिके राउत र पहाडतिर नेकपा, एउटा विखण्डनकारी अर्को विध्वंशकारी, मुलुक कतातिर उन्मुख हुँदैछ, होस् गरौं ।