Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिको पनि गुट

१६ बुधबार , फाल्गुण २०७४७ बर्ष अगाडि

काठमाडौं । एमालेका बरिष्ठ नेता झलनाथ खनालले विद्या भण्डारी रानी भइछन् भनेपछि एमालेभित्र उत्पात मच्चिएको छ । यता अष्ट लक्ष्मी शाक्यले राष्ट्रपतिले गुट चलाएकाले आफूले मुख्य मन्त्री बन्न नपाएको गुनासो गरेकी छिन् । यसैगरी धादिङलाई राताम्मे बनाउने राजेन्द्र पाण्डेले पनि पार्टीभित्र गुटबाजी भयो भनेर आफू हुनैपर्ने मुख्यमन्त्रीको हक खोजिएको गुनासो गरेका छन् ।
हुन त ०७२ असोजमा राष्ट्रपति हुनुपूर्व पनि विद्या भण्डारी सशक्त गुट चलाएकी थिइन्, अहिले पनि गुटबाजी गरिरहेको आरोप एमाले नेताहरुको छ । १ नम्बर प्रदेशमा पनि राष्ट्रपतिको धाप पाउने र उनकै दबाबमा मुख्यमन्त्री बनेका छन् । यस्तो आरोप केपी ओलीका सल्लाहकारले नै लगाएका हुन् । अहिलेकी महिला मन्त्री उनकै कोटाकी हुन् भने राजदूतमा पनि कोटा माँग्ने गरेको नजीर एमाले नेताहरुकै मुखबाट सुन्न सकिन्छ । मनोनितदेखि जे मा पनि कोटा खोज्ने राष्ट्रपतिको बानी नै परिसकेको बताइन्छ । सबैभन्दा गम्भीर आरोप अष्टलक्ष्मी शाक्यको छ, उनले आफूमाथि राष्ट्रपतिको गुटबाजीले अन्याय भएको ठाडो आरोप नै लगाएकी छिन् ।
अव पुन: राष्ट्रपति बन्न विद्या भण्डारीले गुटबाजी तीब्र पारेकी छिन् । यता झलनाथ खनाल राष्ट्रपति बन्न चाहन्छन्, र उनले माओवादी र एमालेभित्र लविङ सुरु गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले गुटबाजी गरेको आरोप लगाएर झलनाथ राष्ट्रपति बन्न सक्लान्, उनका लागि अध्यक्ष केपी ओली नै विद्याका पक्षमा हुनु समस्या बनिसकेको छ । भनिन्छ, सुवास नेम्वाङ र माधव नेपाल पनि राष्ट्रपति बन्न चाहन्छन् तर उनीहरु खुलेका छैनन् ।