Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अर्व दान गर्ने दानवीर

०७ सोमबार , फाल्गुण २०७४८ बर्ष अगाडि

काठमाडौं । निकै दु:ख गरेर कमाएको सम्पत्ति पिता फत्तेजंग शाह र आमा बालदिव्येश्वरी शाहको सम्झनामा का.म.न.पा. वडा नं. १ कि.नं. ११२३ र ११२४ क्षेत्रफल क्रमश: ०–११–१–० र २–८–२–२ को आफ्नो निजि घर श्रीकुञ्ज र जग्गा फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जलाई दान गरिदिएको छु । दानपत्रको लिखित मालपोत कार्यालय डिल्लीबजारमा पास समेत गरिदिएका छन् ।
यस्तो घोषणा गरेका हुन्– श्रीजंग शाह र उनकी धर्मपत्नी । उनी फत्तेबाल आँखा अस्पताल संरक्षक हुन् ।
श्रीजंग शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्रार्िष्ट्रय कानूनमा स्नातकोत्तर गरेका छन् । विश्वका दर्जन बढी मुलुकको भ्रमण गरेका शाह सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट बिभूषित समेत रहेका छन् ।
लुम्बिनी बिकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशब्यापी रुपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह, पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत  भएका थिए । उनी शाह विश्व बैंक, अन्तर्रार्िष्ट्रय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी हुनुको साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालिन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा गरेका व्यक्ति समेत हुन् । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशिल थिए । नेपालगन्ज र काठमाडौ दुबैतिर घर भएका उनका एक छोरी ईश्वरी राणा छिन् ।