काठमाडौं । भारतको पुरीस्थित गोवर्धन मठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीजीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दुसम्राट नै बनाए, भारतले राजकीय सम्मान र सुरक्षा दिएर अचम्मित पारिदियो ।
उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकदेखि धार्मिक गुरुहरु र केही राजनीतिक व्यक्तिहरुले समेत पूर्वराजाको सम्मान र स्वागतमा सम्पूर्ण शक्ति लगाए, उडिसाका जनताले हिन्दुराजाको पाउको पवित्र धुलो भन्दै निधारमा दलेको दृश्य पनि देखियो ।
सञ्चारजगतले निकै महत्व दिए, उत्साहित पूर्वराजाले पनि सनातन हिन्दुधर्म र नेपाललाई हिन्दुराष्ट्र बनाउन आफ्नो तर्फबाट सबैले भूमिका खेल्नका लागि विशेष अपील गरेका छन् ।
हिन्दुहरुको आशीर्वादमा प्रफुल्लिज पूर्वराजाले नेपालको राजनीतिक गलत प्रक्रियाबाट अगाडि बढेकाले सच्याउन आफू एक कदम अगाडि बढ्ने सन्देश पनि दिएका छन् । त्यो कस्तो कदम हो, यसबारेमा पूर्वराजा गोप्य छन् ।
जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको पदावधिको २५ वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा पूर्वराजालाई विशेष सम्मान गरिएको छ । यो सम्मान देख्नेहरुले वर्तमान हिन्दु सम्राटकै दर्जा दिएको बताए ।
उडिसामा जम्मा भएका मुख्यमन्त्री, मन्त्री, सांसद, राजनीतिक व्यक्तित्वहरुले नेपाललाई हिन्दुराष्ट्र बनाउन र राजसंस्था व्यूँताउनु पर्ने विषयमा समेत विशेष छलफल भएको प्राप्त समाचारमा उल्लेख छ ।
अचम्मकोकुरो भारतीयहरुले खुलेर पूर्वराजासंग सहकार्य, समर्थन र सहयोगका लागि यस्तो प्रस्ताव गरेका छन् । पूर्वराजा ५ गते शनिवार फर्कने कार्यक्रम छ ।