काठमाडौं । यसरी मनको कुरा बोल्ने साहस एउटा सैनिकमात्र हुन्छ, जुन पूर्व जनरल प्रेमसिंह बस्नेतमा देखियो । उनी सिधै भन्छन्– २० जना डा. केसी र लालबाबुजस्ता हुने हो भने नेपालको कायापलट हुन्छ ।
उनले सिधै प्रहार गरेका छन्– बाबुराम भट्टराई र कृष्णप्रसाद सिटौला राजतन्त्र र हिन्दुधर्मको दुश्मन हुन् । जसले भइरहेको हिन्दुधर्म र राजसंस्था हटाउन सबैभन्दा ठूलो भूमिका खेले । गिरिजाप्रसाद कोइरालाले कुनै न कुनै रुपमा राजतन्त्र राख्ने कुरा आफूलाई बताए पनि यिनै दुश्मनहरुले नेपालको स्थिरता चाहेनन् । यतिमात्र होइन, पूर्वजनरल प्रेमसिंह बस्नेतका अनुसार भारतीय नेता करण सिंहलगायतका नेताहरुवीच राजतन्त्त राख्नेसहमति भएको सबैलाई थाहा छ, तर देशका दुश्मनहरुले देशको हित चिताएनन् । नेपालमा जनमत संग्रह गरेरै भए पनि राजतन्त्र र हिन्दुधर्म नल्याए राष्ट्र बच्दैन भन्ने उनको तर्क रहेको छ ।