Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुषमापछि मोदी : भारत नेपालमा के खोज्दैछ

२२ सोमबार , माघ २०७४७ बर्ष अगाडि

काठमाडौं । नयाँ सरकार नबन्दै भारतीय प्रम नरेन्द्र मोदीले विदेशमन्त्रीलाई अग्रिम शुभकामना र चुनाव जितेकोमा बधाई पठाएर राजनीति र कूटनीतिक बृत्तलाई चकमा दिएका छन् ।
साथै फागुनको दोश्रो साता ओली सरकार बन्ने र अन्तिम हप्ता आफै नेपाल आएर रामजानकी, लुम्बिनीलगायतका तीर्थयात्रा गर्नेमात्र होइन, नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई दिने योजनासमेत स्पष्ट बताएर मोदीले कूटनीतिलाई क्रिकेट म्याचजस्तो सहज डिप्लोमेसीको मैदान बनाइदिएका छन् ।
मोदी आउने तैयारी सुरु भइसकेको छ र नयाँ सरकार बनाउने तरखर पनि भित्रभित्रै बनिरहेको छ । आखिर नाकावन्दीको तिक्तता मेटेर नेपालमा चुनाव हुनु र नयाँ सरकार बन्नुमा भारतको साथ रहेको देखाउन खोजेर भारतले विश्वलाई चकमा र चीनलाई जोल्ट दिन खोजेकै हो ।
मोदीले नेपाल भारतवीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने उदेश्य लिएका हुन् र व्यवहारवादी बनेका हुन् कि नेपाललाई जे गरे पनि हुन्छ भन्ने नजीर स्थापित गर्न खोजेका हुन्, यो गम्भीर विषय बनेको छ ।