काठमाडौं । भ्यागुताको धार्नी र माओवादी एमाले एकीकरण उस्तै उस्तै हो भन्छन् राजनीतिभित्रको राजनीति बुझ्ने विश्लेषकहरु । माघे ठण्डीमा तातेको तातो बहस दिनदिनै इटलीको जंगलमा लागेको डढेलोजस्तो देखिन थालेकोछ, किनकि प्रचण्डलाई अध्यक्ष मान्न एमाले तैयार छैन, माओवादीलाई अध्यक्ष जसरी पनि चाहिएको छ ।
सहमतिका लागि ४ घण्टासम्मका छलफल भइरहेका छन् । कुरो उही साठी चालिस अर्थात ४ प्रदेश एमालेलाई २ प्रदेशको मुख्यमन्त्री माओवादीलाई । यही नै वार्ताको एजेण्डा थियो भने यसमा माथापच्ची गरिरहनु नै किन ?
प्रचण्डले सार्वजनिक रुपमै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष मान्न तैयार भइसकेका हुन् र उनले अध्यक्षको मोह त्याग्न नसकेर रोजेको एमालेलाई, छोडेको लिन्छु पनि भनेकै हुन् । तर समयक्रम र पार्टीको दबाबमा ओली प्रचण्डलाई अध्यक्ष मान्न तैयार भएनन् । ओली अध्यक्ष र प्रधानमन्त्री दुबै आफै हुन खोज्दा एकता भ्यागुताको धार्नी भएको हो । ओलीले सरकार र प्रचण्डले पार्टी हाँक्दा सुशासन र सम्पन्नता आउन सक्ने थियो, यसका लागि मानसिक रुपमा एमाले तैयार देखिन्न, भित्र चिसो राखिरहेको छ । यसकारण दुबै पार्टीका नेताहरु भनिरहेका छन्– एकीकरण हुन नदिन देशीविदेशी तत्व अनेक खेल खेल्दैछन् । अव एकताभन्दा पनि
सरकार निर्माणतिर दुबै पार्टीको ध्यान जान थालेको छ । एकता समय लाग्छ भनिदैछ, रात रहे अग्राख पलाउने देश हो यो, एकता भर्सेलै होलाजसतो छ । मुख्य कुरो शंका हो, दुबैपार्टीभित्र एकदोस्रोप्रति विश्वासको संकट छ ।
एमालेलाई खतरा के छ भने कांग्रेस र मधेसवादीले प्रचण्डलाई ५ वर्ष सरकार चलाउनोस् भनिसकेको छ, त्यो समभव पनि छ । यहीकारण ओली पार्टी एकीकरण गरेर आफू बलियो बन्न चाहन्छन् । प्रचण्ड भड्किएलान् कि भन्ने खतराकै कारण ओली संविधान संशोधन गर्न तैयार भएर फोरम र राजपालाई सरकारमा भित्र्याउने रणनीति चाल्दैछन् । यसो भयो भने आफ्नो बिकल्प कांग्रेससँग नरहने वातावरण ओली निर्माण गरिरहेका छन् । राजेन्द्र महतो र उपेन्द्र यादवले संविधान संशोधन गर्ने भए सरकारमा जान तैयार छौं भनिसकेका छन् ।
ओलीले आफ्नो बलियो आधार तैयार हुने हो भने अध्यक्ष माओवादीलाई किन दिने भन्न बेर नलगाउन सक्छन् ।
यता दोहोरी चल्यो
काठमाडौं । ईश्वर पोखरेल, शेरधन राईले पार्टी एकतापछि अध्यक्ष र प्रभानमन्त्री ओली नै रहने बताइरहेका छन् । उता माओवादीका नेता महेन्द्रबहादुर शाही अध्यक्ष नदिए एमालेसँग एकता असम्भव छ भन्छन् । एकव्यक्ति एक पद हुन्छ, सबै एमालेले लिन मिल्दैन, शाहीको तर्क छ ।
प्रचण्डलाई अध्यक्ष स्वीकार नगरे एमालेसँगको पार्टी एकता र सरकार गठनको कोर्ष नै क्लोज हुन्छ भन्ने प्रचण्ड निकट नेता उमेश यादवको दावी रहेको छ । यद्यपि केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच लामो गोप्य छलफल भइरहेको छ र पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक र विभिन्न पद वााडफाँडमा कुरा मिलाउने काम भइरहेको छ । सवाल फेरि पनि उही पार्टी नेतृत्वमै अड्किएको छ ।