Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उही ६०, ४० : वाम एकता भाँडियो

०८ सोमबार , माघ २०७४७ बर्ष अगाडि

काठमाडौं । एमालेलाई प्रधानमन्त्री, माओवादी केन्द्रलाई एकीकृत पार्टीको अध्यक्ष दिनेगरी पार्टी एकता गर्ने खाकामा सहमति हुनसकेको छैन । दुबैजनाको सामुहिक नेतृत्वको बहस पनि चलिरहेको छ । यी दुई नेतावीच के के कुरा भयो, यसबारेमा दुबै नेताले पार्टीलाई जानकारी गराएका छैनन् । सबैकुरा मिल्यो, संयोजन समितिको रिपोर्ट पनि स्वीकार भयो भन्ने कुरा सार्वजनिक भयो तर अध्यक्ष को त ? कुरा मिलेको छैन, अन्यौल बढ्दै छ ।
अव सरकार बनाउने र पावर सेरिङ कसरी गर्ने भन्ने चटारोले वाममोर्चालाई छोपेको देखिन्छ । त्यसैले डा.विजय पौडेल, भीम रावल, वर्षमान पुनआदिको एउटा कार्यदल बनेको छ । यो कार्यदलले एकीकरण नहुन्जेल भनेर उही ६०, ४० को भागबण्डे खाका तैयार गरेको छ । यसमा शक्तिशाली मन्त्रालयको भागबण्डा मिलाउन खोजिएको स्रोतको दावी रहेको छ । समाजवाद उन्मुख ठोस कार्यक्रम बनाउने प्रयत्न पनि भइरहेको बुझिन्छ ।
अहिलेको एमाले, माओवादी केन्द्रको सहमति भनेको आन्तरिक छलफल तीब्र पार्ने, यसअघि प्रस्ताव गरिएका मोडालिटीमा एउटा निष्कर्ष निकाल्ने, त्यसमा संयोजन समितिले टुंगोमा पुर्‍याएपछि दुबै नेतावीच पेश गरिने भन्ने नै हो ।
संगठनात्मक संरचना, नेतृत्वको तह सूचीकृत गर्नेजस्ता छलफल त भएका छन्, तर पनि गाँठो अध्यक्ष को बन्ने भन्नेमै अड्किएको छ । एमाले सिंगो पंक्ति अध्यक्ष र प्रधानमन्त्री दुबै एमालेले लिनुपर्छ भन्ने दबाब दिइरहेको छ । माओवादी केन्द्र जसरी पनि ओलीलाई प्रधानमन्त्री बनाएर एकीकृत पार्टीको कमाण्ड आफूले लिन चाहिरहेका छन् । यसैले पनि एमाले बृत्तामा अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर ओली पार्टी अध्यक्ष बन्नुपर्ने अर्को एउटा प्रस्ताव पनि अघि सारिएको छ । तर केपी ओली प्रधानमन्त्री पद छोड्न तैयार भएका छैनन् । यहीकारण प्रधानमन्त्री पदसँग अध्यक्ष पद साट्ने भन्ने प्रश्न उठेको छ ।
पटक पटकको वार्ताबाट निष्कर्ष निस्केको छैन, माखेसांग्लो अध्यक्ष पदमै छ । वीचको बाटो भनेर ओली प्रधानमन्त्री र दुबै नेता सामुहिक नेतृत्वमा बस्ने भनिए पनि त्यसलाई एमाले बृत्तले नै रुचाएका छैनन्, माओवादी केन्द्रभित्र त ठूलै रडाको छ ।
पछिल्लो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको र बैठकमा एमालेबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी थिए । यो बैठकले जाडोमा जीउ तताउने बाहेक निष्कर्ष निकाल्न सकेन ।