Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जीवनमा देखिएको पहिलो हाँसो

०८ सोमबार , माघ २०७४७ बर्ष अगाडि

मोहनविक्रम सिंहको मुहारमा पहिलोपल्ट मुस्कान देखिएको छ । बुढेसकालमा बनाएकी श्रीमती वाममोर्चाको समर्थनमा सांसद बनेकी छिन्, प्रचण्ड र ओलीसँग भेटेकाले उनी मन्त्री बन्ने करीव पक्का पनि छ, शायद जीवनको उत्तराद्र्धसम्म भूमिगत रअर्धभूमिगत कम्युनिष्ट राजनीति गरिरहेका सिंहलका लागि यो नै जीवनको सुखद क्षण भएको छ ।
कुनै नेताको घर जाँदै नजाने मोहन विक्रम सिंह प्रचण्ड र ओलीलाई भेट्न पुगेका थिए भने पत्नीलाई चुनाव जिताउन प्यूठान र वाममोर्चालाई भोट दिलाउन सुदूरपश्चिमसम्म पनि पुगेका थिए । संसदीय राजनीतिमा यी कम्युनिष्ट बृद्धनेताको यो नै पहिलो सक्रियता पनि थियो ।
यद्यपि आफूमाथि श्रीमतीलाई मन्त्री बनाउन सक्रिय भएको अरोप लागेपछि सिंहले त्यसलाई अन्यत्र मोड्दै वामगठबन्धन भत्काउन पश्चिमा र भारत लागेको तर्क निकालेका छन् । वाम गठबन्धन जोगाउन आफू लागिपरेको उनको प्रतिक्रिया रहेको छ । उनले भनेका छन्– कांग्रेस र प्रतिक्रियावादी शक्ति हराउन चुनावमा वाममोर्चालाई सहयोग गरेका हौं । यथार्थ के हो भने वाममोर्चाका कारण दुर्गा पौडेलले चुनाव जितेकी हुन् र वाममोर्चाकै कारण झापामा राप्रपा नेपालले समेत चुनाव जितेको छ । आखिर मोहनविक्रम सिंहले भनेको प्रतिक्रियावादी शक्ति भनेको कुन हो ?
यद्यपि मोहनविक्रम सिंह भन्छन्– तराईलाई नेपालबाट अलग गराउन खोजिदैछ । त्यो खोज्ने भारत नै हो । भारतले नेपाल भित्रको शक्ति बिना यसो गर्न हिम्मत गर्ने थिएन, त्यसैले यो गठबन्धनलाई फुटाउन देशभित्रका शक्ति पनि लागेका छन् । नेपाली राजनीतिमा भारतीय हस्तक्षेपको मुख्य कारण भनेको नेपालमा एकाधिकार कायम गर्ने नै हो, जसमा भारत अहिलेसम्म सफल भएको छैन । यहीकारण भारतको तराई अलग गराउने आफ्नो रणनीतिक योजना अधुरो रहेको छ ।