दिल्ली। भाजपाका नेता तथा सभासद हुन्: योगी आदित्यनाथ। अन्तर्राष्ट्रिय विश्व हिन्दू महासंघको बैठकमा भाग दिल्ली पुगेका विश्व हिन्दू महासंघका अध्यक्ष हेमबहादुर कार्कीसँग योगी आदित्यनाथले भनेका छन्– भारतका प्रतिनिधिका रुपमा डा.करण सिंह जनआन्दोलनका समयमा गएका थिए। त्यतिबेला संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्र राख्ने सहमति भएकै हो। तर परिवर्तनका लागि सहयोग गर्ने राजा र हिन्दूराष्ट्रमाथि नेपालका राजनीतिक नेताहरुले धोखा दिएकै हो। मैले त्यतिबेला नै डा.करण सिंहसँग नेपालको परिवर्तनका बारेमा सोधेको थिएँ– डा.करण सिंहले राजनीतिक पार्टीहरुको माग अनुसार राजाबाट सहयोग भयो भन्नुभएको थियो। तर अहिले डा.करण सिंह भन्नुहुन्छ– नेपालका राजाबाट मरिसकेको संसद् ब्युँताउने, बिनानिर्वाचन ८० जनालाई सांसद बनाउने र बेकम्मा भएर खेदिएका व्यक्तिलाई प्रधानमन्त्रीको टीको लगाइदिनु भयो तर अन्त्यमा सबै सहयोग गर्ने राजालाई अपदस्थ गरी सडकमा फेकिदिए। नेपालका नेताहरुमा नैतिकताको खडेरी छ। संयुक्त आन्दोलन र बाह्रबुँदेमा हिन्दु राज्यलाई क्रिश्चियन र मुसलमानलाई बेचेर खाएपछि कांग्रेस, एमाले, एमाओवादी, राप्रपा पनि तराईका नेता जस्तै अवसरवादी, राष्ट्रघाती र बेइमान रहेछन् भन्ने प्रमाणित भएको छ। बेदान्ताचार्य डा.करण सिंहले सत्य बोलिदिए भने ती नेपाली नेताहरुको नैतिकता कसरी बच्न सक्ला र?
यसरी भारत साक्षी बसेर भएको ०६३ साल वैशाख ११ गतेको परिवर्तन एकपटक पुनः चर्चामा छ। फागुन ७ गते पूर्वराजाले मसँग भएका सम्झौता कार्यान्वयन गर भनेर सार्वजनिक वक्तव्य दिएपछि वास्तवमा त्यो सम्झौता के हो भन्ने विषय आम नेपालीको चासोको विषय बनेको छ। यो सामान्य विषय होइन। माधव नेपालजस्ता नेताले मेरो घरमा आएर सोध भनेर बचकना अभिव्यक्ति दिए पनि यही विषय प्रधानमन्त्री निवासमा भएको फागुन २३ को सर्वपक्षीय बैठकमा मालेका अध्यक्ष सीपी मैनालीले उठाउँदा कसैले पनि यसबारेमा दोहोरो प्रश्न उत्तर गर्ने साहस गरेनन्। सीपी मैनालीले दुईपल्ट यथार्थ के हो? भनेर सोध्दा प्रधानमन्त्रीले चुप्पी साध्नु र प्रचण्ड तथा अन्य नेताहरु मौन बस्नु पनि रहस्यमय नै देखिन्छ। तत्कालीन अवस्थाका नेता गिरिजाप्रसाद कोइरालाको देहावसान भइसकेको सन्दर्भमा लिखित वा मौखिक सहमितबारे रहस्योद्घाटन गर्नसक्ने व्यक्ति पूर्वराजा, करण सिंह अथवा भारत सरकार नै हो। कहिले त बोल्लान्? यसैवीच पत्रकार प्रेमकैदीसँगको वार्ता यस्तो छ–
डा. कर्ण सिंह जब क्रुद्ध भए
के छ नेपालको हालचाल? बाहिरबाट आएका डा. कर्ण सिंहले सोध्नुभयो। सबै भताभुंग पारेर हामीलाई के सोध्नुभएको? मैले प्याच्च भनें। नेपालका नेता ज्यादै खराब र बेइमान रहेछन्! म त हैरान छु! डा. सिंहका कुरा सुनेर जिल्ल पर्दै मैले अपमानित पनि भएको अनुभव गरें। नेपालका राजाबाट मरिसकेको संसद् ब्युँताउने, बिनानिर्वाचन ८० जनालाई सांसद बनाउने र बेकम्मा भएर खेदिएको व्यक्तिलाई प्रधानमन्त्रीको टीको लाउने तर अन्त्यमा सबै सहयोग गर्ने राजालाई अपदस्थ गरी सडकमा ल्याउने काम भयो। संयुक्त आन्दोलन र बाह्रबुँदेमा हिन्दु राज्यलाई क्रिश्चियन र मुसलमानलाई बेचेर खाएपछि कांग्रेस, एमाले, एमाओवादी, राप्रपा पनि तराईका नेता जस्तै राष्ट्रघाती र बेइमान रहेछन् भन्ने आरोप डा. सिंहको थियो।
मित्रराष्ट्रको त्यत्रो ठूलो व्यक्तित्वका अगाडि भएको सहमतिअनुसार राजाबाट अवैधानिक काम गराई मरेको संसद् ब्युँताए, सरकार बनाएँ, तर अन्त्यमा त्यहाँ सहमति नै भएन भनी गैरजिम्मेवार र निर्लज्ज तरिकाबाट बक्न थालेका छन्। डा. सिहले सत्य उद्घाटन गरिदिए भने काठमाडौंका दोग्लाको कस्तो दुर्दशा होला? मसँग १० वर्षअघि डा. सिंहले भनेका शब्द मैले कतै उल्लेख गरिनँ तर अहिले ज्ञानेन्द्र शाहले गएको फागुन ७ गते डा. सिंहको मध्यस्थतामा नेपालका राजा र कांग्रेस, एमाले, एमाओवादी नेताहरु बीच २०६३ वैशाख ११ गते राति भएको सहमति बेइमानीपूर्वक तोडिएकोमा डा. कर्ण सिंह त्यतिबेला क्रुद्ध हुनुहुन्थ्यो र आफूलाई दुरुपयोग गरेकोमा आक्रोशित भएको पाइयो। ..नेपाली जनता राष्ट्रको अधीनता (सुजेरेन्टी) कायम गर्ने बेलायतको जस्तो हैसियत पुनर्स्थापना गर्न जसरी पनि राजतन्त्र फिर्ता चाहन्छन्। आफ्नो धर्म संस्कृतिका लागि मात्र होइन, ९० प्रतिशत नेपालीको आस्थाको र212ा गर्न जस्तोसुकै बलिदान गर्न तयार छन्। – प्रेम कैदी, पत्रकार