Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वादी संसदमा: धन्यवाद कांग्रेस

०१ सोमबार , माघ २०७४७ बर्ष अगाडि


काठमाडौं । बादी समुदायलाई अधिकार देउ भनेर २०६४ सालमा ४८ दिनको आन्दोलनमा सिंहदरवारको बार चढेर नांगिन तैयार भएका बादी समुदायलाई यसपटक कांग्रेसले ७ नम्बर प्रदेशबाट उमेदवार बनायो र उमादेवी बादीका रुपमा जनताले जिताए ।
पञ्चायतकालमा बादी समुदायलाई पुनस्र्थापना गराउने योजनासहित केही वादी महिलालाई राजधानी झिकाइयो तर तिनलाई बादीकै रुपमा यौन शोषण गरेर पठाइएको थियो । बादी समुदाय त्यसै पनि यौन पेशा गरेर जिवनापार्जन गर्दै आएका समुदाय हुन् । यिनको काम नाच्ने, यौन पेशा गर्ने र अर्काकी श्रीमती बन्नेसम्मका पेशा गर्थे । पछि सरकारले सामाजिकीकरण गर्न भत्ता दिन थालेको हो । बादी साह्रै पिछडिएको बर्गमा पर्छ र यो समुदायको संरक्षण जरुरी छ ।
अव उमादेवी वादीको रुपमा बादी समुदाय प्रदेशसभासम्म पुगेको छ । प्रदेशसभाबाट प्रतिनिधिसभासम्म पनि यो समुदायको पीडा गुञ्जिनसक्छ, बादीको आवाज अव सरकारसम्म पुग्छ पुग्छ भन्छिन् उमादेवी बादी ।
समुदायकी कमाण्डर यिनले बादी समुदायको हकहितका लागि काम गर्ने बताइन् । अधिकारका लागि लडेका थियौं, लडिरहेका छौं र लडिरहनेछौं । म लड्छु भन्छिन् उमादेवी ।