Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राहत बालेर खरानी पार्ने पापीहरु

२४ सोमबार , पौष २०७४७ बर्ष अगाडि

काठमाडौं । २०७२ को भूकम्प र २०७४ सालको बाढीपहिरो पीडितका लागि विदेशीहरुले पठाएको राहत सामग्री गोदाममा कुहिसक्दा पनि सरकारले चाल पाएन । खानै नहुने भएपछि सरकारको आदेशमा कर्मचारीहरुले विदेशीले पठाएको राहत सामग्री नुवाकोटको चण्डी पाखेरीमा लगेर यसरी आगो लगाइयो, खरानी बनाइयो ।
लोकतन्त्रमा सरकार कतिसम्म संवेदनहीन हुनसक्छ भन्ने दृष्टान्त हो यो । मानवीय सहयोग गर्नु वर्तमान सभ्यता हो र त्यसमाथि नेपालका मित्रहरुले नेपालीलाई अप्ठेरो परेको अवस्थामा सहयोग गर्नु स्वभाविक हो । तर, आएको सहयोगको सदुपयोग गर्न, राहतको अपेक्षा गरिरहेका पीडितहरुको हातमुखसम्म राहत पुर्‍याउने प्राथमिक दायित्व सरकारले पूरा गरेन । गर्न सकेन । हुन त भूकम्पपीष्टि १० प्रतिशतले ३० महिनासम्म पनि बास बनाउन सकेका छैनन्, अहिले पनि च्यातिएको त्रिपालमुनी गुजारा चलाइरहेका छन् । कति गर्मी, वर्षा र चिसो खप्न नसकेर मरे, मारिए, कसले हिसाव राख्ने ?
यसअघि चामल कुहियो, अहिले अन्य खाद्य र लत्ताकपडा, अन्य सामान कुहिएर आगो लगाइयो । यस्तो सरकारलाई लोकतान्त्रिक भन्ने कि अपराधी ?