Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बी एण्ड बी

१७ सोमबार , पौष २०७४७ बर्ष अगाडि

काठमाडौं । टायर पन्चर भएजस्तो बम बिस्फोटको धमाका गराउने नेकपा माओवादी अर्थात नेत्रविक्रम चन्द विप्लव समूहले आफ्नो उद्देश्य पूरा भएको निष्कर्ष निकालेको केही दिनमै नेकपा–माओवादी अर्थात मोहन बैद्य किरणसँग पार्टी एकता गर्न ३ बुँदे सहमतिपत्रमा सही ठोकेका छन् ।
विप्लव समूहको बिस्फोट र बैद्य समूहको मुठ्ठी चिन्हले निर्वाचनमा न दुस्परिणाम निस्क्यो, न चुनावमा कुनै जित नै हासिल गर्‍यो, दुबै असफल असफल नेताहरु सफलताको लक्ष्य पहिल्याउन एकता गर्ने निधोमा त पुगेका छन्, यो एकताले तत्काल कुनै राजनीतिक लाभ दिने सम्भाबना छैन ।
निर्वाचन सम्पन्न भइसकेको छ । राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण हुनेछ र वाममोर्चा अर्थात केपी ओली र प्रचण्डले ५ वर्षका लागि सत्ता सञ्चालन गर्नेछन् । ५ वर्ष राम्रो काम गरे भने यो मोर्चा यति बलियो हुनेछ कि यसलाई कांग्रेसले समेत रोक्नसक्ने छैन । यस्तो राजनीतिक ध्रुविकरणमा मरीच बनेका बैद्य र पटाखा बनेका विप्लवले राजनीतिक उद्देश्य कसरी हासिल गर्न सक्लान् र ? यिनले जति सुकै चिच्याए पनि संसदीय व्यवस्था बलियो भइसक्यो । यो व्यवस्थालाई र नयाँ व्यवस्थापक सञ्चालक अर्थात एमाले माओवादीलाई असफल पार्नका लागि अर्को आन्दोलन वा ५ वर्षपछि हुने आवधिक निर्वाचन कुर्नुपर्नेछ
दुबै नेताका सामु समय घर्किसकेको अनुभूति हुँदैछ ।
निर्वाचनपछि मुलुक अव शान्ति, स्थिरता र समुन्नतिको मार्गतिर लागेको छ । यो अवस्थामा बैद्य र विप्लवले संसदीय पद्धतिको जतिसुकै खोइरो खने पनि ५ वर्षका लागि केही हुनेवाला छैन । र, संघीयतामा मुलुक गएकाले यो सम्बन्धमा भने ठूलै विवाद हुनसक्छ । यद्यपि विवाद गर्ने क्षमतावान भनेका माओवादी र एमाले हुन्, जो वाममोर्चा बनाएर चुनाव जितेका छन् र भागबण्डा मिलाएर अघि बढ्न सहमत भइसके । पार्टी एकीकरण भए वा नभए पनि सम्मानजनक मिलापत्रअनुसार चल्न दुबैले मञ्जुर गरेकाले आगामी राजनीति कांग्रेसका लागि फलामको च्यूरा र यी बी एण्ड बी, बिप्लव र बैद्यका लागि सहज देखिदैन ।
आन्दोलनको बीउ बचाउन यिनका लागि हम्मे हम्मे पर्ने विश्लेषकहरु निष्कर्ष निकाल्न थालिसकेका छन् ।