Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मधेस र थरुहट भित्रभित्रै आगो

१० सोमबार , पौष २०७४७ बर्ष अगाडि

काठमाडौं । राजपाका नेता राजेन्द्र महतोले लहानबाट चिच्याए– मधेसको जनमतको कदर भएन, संविधान संशोधन भएन भने फेरि सडक आन्दोलन सुरु हुनेछ, हामी आन्दोलन गर्न बाध्य हुनेछौं ।
उता कैलाली नरसंहारको आरोपमा जेल परेका लक्ष्मण थारु त्यसै तातेका थिए, चुनाव जितेका रेशम चौधरीलाई निर्वाचन आयोग र सर्वोच्च अदालतसमेत चुनाव जितेको प्रमाणपत्र लिन रोक लगाइदिएपछि थारु समुदाय आक्रोसित भएको छ र लक्ष्मण थारुले भनेका छन्– मधेस र थरुहट एकसाथ मिलेर आन्दोलन हुनेछ, आन्दोलनको विकल्प छैन ।
मधेस र थारु समुदायले दिएको जनादेश स्वीकार नगर्ने राज्यप्रति यी दुबै समुदाय निकट भएका छन् र मिलेर आन्दोलनमा जान भित्रभित्रै तैयारी गर्दैरहेका छन् ।
चुनावमा जस्तोसुकै तालमेल भएको भए पनि २ नम्बर प्रदेशको नाम मधेस प्रदेश नै रहने ठोकुवासमेत गरेका छन् । राजापा र संघीय समाजवादी फोरमवीच मुख्यमन्त्री र अन्य विषयमा छलफल भइरहेको जनाउ पनि दिएका छन् ।
नाम र मुख्यमन्त्री भन्दा पनि राजपाले अहिले पनि संविधान संशोधनको माग गर्दै अंगीकृत नागरिकलाई संवैधानिक पदहरुमा जाने बाटो खोलाउने प्रयास गरिरहनु र मधेसका जन्मशिद्ध नागरिकहरुमाथि अंगीकृतले शासन गर्ने जुन षडयन्त्र गरिरहेका छन्, त्यो खतरनाक छ । यसकारण पनि खतरा छ कि उनीहरु आत्मनिर्णयको अधिकारसमेत संविधानमै लेखाउन चाहन्छन् ।
राजेन्द्र महतो त्यही अभियानमा छन् र त्यही अभियानलाई निरन्तरता दिन विमलेन्द्र निधिलाई हराएको निष्कर्ष विश्लेषकहरुले गरेका छन् । यद्यपि निधि पनि उतैको आदेशलाई महत्व दिन व्यक्ति हुन् तर उनी कांग्रेसका भएकाले उनलाई भन्दा महतोलाई हतियार बनाउन सजिलो हुने भएकाले निधिलाई हराइएको हो ।