Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देउवाको बिकल्प को ?

१० सोमबार , पौष २०७४९ बर्ष अगाडि

चुनावी पहिरोमा किचियो कांग्रेस, निकास के हो, कसरी पुनर्ताजकीकरणमा जाने, यस विषयमा सभापति शेरबहादुर देउवा मौन छन् । केन्द्रीय समिति, महासमिति र महाधिवेशनसम्मको माग भइसक्यो, फेल भएकाले छाड्नुपर्ने र नयाँ नेतृत्व चयन गर्नुपर्ने कुरा पनि उठिसक्यो, बुढा होइन अव युवालाई नेतृत्व दिनुपर्छ भन्ने आवाज पनि घन्किसक्यो, अघिपछि शेर गर्जिएझैं गर्जिने सभापति शेरबहादुर देउवा यतिबेला सन्निपात लागेको रोगीझैं चुपचाप छन् । 
एमाले आजै छाड, भोलि छाड भनिरहेको छ सत्ता, देउवा अध्यादेश जारी गराएर अध्यादेशअनुसार राष्ट्रियसभा गठन गराएरमात्र सत्ता हस्तान्तरण गर्ने मूडमा छन् ।
अर्थात देउवा वाम गठबन्धन र आफ्नै पार्टीभित्रको सन्यासोले च्यापिएको अवस्थामा छन् । उनी आफ्नो वीचबचाउ गर्ने कसरी भनेर सोचिरहेका देखिन्छन् । पार्टीमा उपसभापतिसम्म मनोनित गर्न नसकेका देउवा आखिर बहुमतको सरकार बनाउँछु भन्दाभन्दै चिप्लिए, लडे, पार्टीलाई समेत धरासायी बनाए । देउवा नभए को त ? सभापतिका लागि शेखर कोइरालादेखि सशांक कोइरालासम्म जुर्मुराएका छन् । सशांक चुनाव जितेकाले पनि उनको नाम बढी चर्चामा छ तर देउवाले महाधिवेशन बोलाएनन् भने उनले सभापति छाड्ने छैनन् र विकल्प पनि देखिने छैन ।
यति धेरै दबाब छ कि हारका कारणले पनि कांग्रेसको होस उडेको हो । यो बेहोसीबाट बचाउन र ब्यूँताउन सक्ने कुनै उपाय छ भने त्यो वीपीवाद नै हो, वीपीबादमा अड्छु भन्ने हो भने देउवा सभापति भए पनि केही छैन, राजनीति हो, ठुटो भए पनि कांग्रेस छ, त्यही ठुटोबाट बुटो पलाउन सक्छ, कांग्रेस फेरि जगमगाउँदो हालतमा पुग्न सक्छ ।