Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

म हुँ संविधानको रक्षक

१७ बिहिबार , पौष २०७११० बर्ष अगाडि

 पूर्व प्रधानसेनापति रकमांगद कटवाल बुटवल पुगेर यसरी कड्किए। उनकै शव्दमा: मेरो कार्यकालमा नेपाली जनताले दिएको संविधानको र212ा गर्ने जिम्मेवारी पूरा मैले पूरा गरेको हुँ। पुस १३ गते लुम्बिनी वाङमय प्रतिष्ठानले आयोजना गरेको उनको पुस्तक रुकमांगद कटवालको आत्मकथा समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले नेपाली सेना नेपाली जनताले स्वतन्त्रता पूर्वक काम गर्न पाउन्, खान पाउन् र निर्धक्कसँग निदाउन पाउन् भन्नेतर्फ दृढ रहेको बताएर नेपाली सेनाको प्रशंसा गरेका छन्। उनले आफू त्यही भावनामा अडिग रहेको पनि बताए। तर उनले राजतन्त्रको अन्त्य हुनुमा उनी जिम्मेवार छन् कि छैनन्, यसबारेमा उत्सुक उपस्थितिलाई केही पनि प्रष्ट पारेनन्।
कटवालले सांकेतिक रुपमा राजनीतिक दल र नेताहरुलाई पर्याप्त व्यङ्ग कसेको अनुभूति गरियो। यी कसैले संविधान र देशप्रति जिम्मेवारी र इमान्दारिता पूरा नगरको उनको संकेत थियो। रुकमांगद कटवालका सम्बन्धमा राजावादीहरुमा व्यापक बितृष्णा छ। उनले चाहेको भए उनको नेतृत्वमा रहेको नेपाली सेनाको प्रभावमा राजतन्त्र यसरी उन्मूलन हुने थिएन भन्ने तिनको धारणा रहेको छ। तर, कटवाल भन्छन्: सेनाले के गर्ने? सेना भनेको संविधानअनुसार चल्ने संगठन हो। सेना त्यसै व्यारेकबाट सडकमा त आउन सक्दैनथ्यो। तर जानकारहरु भन्छन्: गिरिजाजस्ता सलिड कांग्रेसलाई बेबी किङसम्मको मैदानमा ल्याउने काम कटवालले नै गरेका हुन्। पूर्वराजाले नै गिरिजासँग मेलमिलापमा उत्रन नसकेपछि कटवालले मात्र के गर्ने? कटवाललाई मनमा के छ थाहा छैन, तर मैदानमा उनले जे अभिव्यक्ति दिइरहेका छन्, जसरी प्रस्तुत भइरहेका छन्, राजतन्त्रको उन्मूलन एउटा नियति थियो, नियतिले लतार्‍यो।