Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एउटी आमा जो फाँसी माँग्दैछिन्

०३ सोमबार , पौष २०७४९ बर्ष अगाडि

काठमाडौं । छोराको हत्या भएपछि हत्यारालाई कारवाही होस्, न्याय पाउँ भनेर वर्षौंदेखि अनसन बसेकी गंगामायाँ अधिकारी अहिले पनि अनसनमै छिन् र उनको अधिकारकर्मीसँग माँग छ– मलाई खुलामञ्चमा लगेर फाँसी दिइयोस् ।
बाबु नन्दप्रसाद अधिकारी अनसनमै मरेको ३ वर्ष हुँदैछ र उनको शव टिचिङ अस्पतालको ४ नम्बर फ्रिजमा हिउँको डल्लो भएर रहेको छ । दण्डहीनताको यो पराकाष्ठा, वाम गठबन्धनले गंगामायाँलाई न्याय देला कि मृत्यु ? किनकि माओवादी जो वाममोर्चामा सामेल छ ।