Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भावी आइजीपी को ?

०३ सोमबार , पौष २०७४७ बर्ष अगाडि

काठमाडौं । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की, यी तीन मध्ये एकजना आइजीपी बन्नेछन् । अहिलेका आइजीपी प्रकाश अर्यालको म्याद चैत २८ मा सकिनेछ र त्यस अघि नै उनले राजीनामा दिने चर्चा पनि व्याप्त छ । किनकि शेरबहादुर देउवाको कोपभाजनमा परेका नवराज सिलवालले डिआइजीबाट राजीनामा दिएका र उनी एमाले प्रवेश गरेर ललितपुर १ बाट प्रतिनिधिसभामा चुनाव जितेका मात्र होइनन्, एमाले अध्यक्ष केपी आबेली प्रधानमन्त्री बन्दैछन् र उनले काठमाडों र ललितपुरका गरी २ सभास्थलबाटै नवराज सिलवाल भावी गृहमन्त्री भनेर घोषणा गरिसकेका कारणले पनि नवराज सिलवाल मन्त्री वा राज्यमन्त्री बन्ने पक्काजस्तै मानिएको छ । यसकारण नवराज सिलवाललाई सलाम ठोक्नुभन्दा राजीनामा दिनु बेश ठानेका हुनसक्छन् प्रकाश अर्यालले ।
ठूलो आर्थिक चलखेल गरेर गत फागुन १ गते जयवहादुर चन्द आइजीपी नियुक्त भएका पनि हुन् तर उनको आइजीपी नियुक्ती सदर हुनसकेन । सर्वोच्चले खारेज गरिदिएपछि प्रकाश अर्याललाई आँखा चिठ्ठा परेको थियो । नवराज सिलवालकै कारण तत्कालीन प्रधानन्याायधीश सुशीला कार्कीमाथि शेरबहादुर देउवाले महाभियोग लगाउनेसम्मको प्रपञ्च मिलाएका थिए । ती सबै तुहियो, यिनै कारणले कांग्रेसले चुनाव पनि हार्‍यो ।
मन्त्री भए वा नभए पनि सांसद बनेका नवराज सिलवालको सिफारिसको ओजन देखिनेछ । यद्यपि सवेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की तिनैजना काविल प्रहरी मानिन्छन् । प्रश्न यत्ति छ कि सिलवालको सिफारिस र केपी ओलीको नजरमा कसको पलडा भारी हुनेछ ।
दक्षता, मूल्यांकन, कार्यसम्पादन, नेतृत्व लगायतका ६ विषयमा तिनै अधिकृत आइजीपी बन्नसक्ने काविलियत राख्छन् । प्रश्न यत्ति छ कि २६औं आइजीपी बन्ने भाग्य कुन प्रहरीको निधारमा लेखेको छ ।
नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त राख्ने यो पहिलो अवसर छ । चुनाव सम्पन्न भइसकेकाले र ५ वर्षको लागि स्थिर सरकार बन्ने भएकाले पनि अव प्रहरीमा राजनीतिकरण गरिरहन जरुरी पनि छैन । यसकारण नेपाल प्रहरीलाई प्रोफेसनल पार्ने अवसर ओलीलाई छ ।