काठमाडौं । भाते पाठशालामा पढेका रामचन्द्र पौडेल र झापा जोरसिमलका जुत्ता व्यापारी कृष्णप्रसाद सिटौला दुबैले हिन्दुधर्म र राजतन्त्र फाल्न मुख्य भूमिका निर्वाह गरेका थिए । यी दुबैको भूमिका सकियो, वाममोर्चाले यिनको बालको खाल उतारिदिएको छ । जीवनभर कांग्रेसको राजनीति गरेका यी चारतारे महारथीद्वय जीवनको उत्तराद्र्धमा वाम चक्रव्यूहमा फसेर चुनावी नतिजामा उत्तानपाद बन्नपुगेका छन् । एकजना प्रधानमन्त्री बन्ने सपना बुनिरहेका, अर्को माओवादका
अध्यक्ष मेरा मित्र भन्दाभन्दै डङ्रङ्ग लड्न पुगेका छन् । वीपीको कांग्रेसलाई माओवादीको चमरपंख बनाउन गिरिजाप्रसादलाई उक्साएर कांग्रेस भनेको प्रचण्डपथको लाहुरे बनाउन सफलता हासिल गरेका कृष्णप्रसाद सिटौला र सत्तामा भाग खोज्दाखोज्दै आफ्नो चुनावी किल्ला र कांग्रेसी बिल्लासमेत कता हरायो भनेर खोज्ने स्थितिमा पुगेका रामचन्द्र पौडेलको राजनीतिमा फूलस्टप लाग्यो भन्दैछन् कांग्रेसी कार्यकर्ताहरु नै ।
चुनाव अघि आफ्ना ज्वाईंसम्धिलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी बनाउन त भ्याए, अव उनको सबै हैसियत जनताले नांगेझार पारिसकेकाले अव कसलाईके बनाउने ? सिटौलाजी, धर्म मासे पनि जीवनको अन्तमा नेपालका नेल्शन मण्डेला मोहनचन्द्र अधिकारीले झैं रुद्राक्षको माला जपेर देवघाटतिरै लाग्ने हो कि, धर्म र राजतन्त्रको धुइरो काढेको पापबाट त्यता मोक्ष मिल्ला कि ? यसै भन्छन्– कांग्रेसभित्रका वीपीका सच्चा अनुयायीहरु ।च ायलत ज्भचभ‘