काठमाडौं । देशलाई चाहिएको युवा यस्ता हुन्छन्, जसले चुनाव प्रचारका बेलामा भ्रष्टाचार गर्दिन, गरे आमाको रगत खाएसरह हुन्छ भन्यो । चुनाव जितेपछि त्यही कबुल दोहोर्यायो । कांग्रेसीलाई हराउने यी युवा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेन हुन् । जुनसुकै पार्टीका हुन्, देशको नेतृत्व यस्ता युवाहरुको हातमा जानुपर्छ, जसले देशलाई मातृभूमि सम्झन्छ र जन्मदिने आमालाई सम्झेर काम गर्छु भन्छ ।
राजनीति धेरैले गरे, सत्तामा धेरै गए, आफू बने, आफन्तलाई बनाए । देश बनाउने, जनतालाई सुशासन दिन्छु भन्ने यस्तो युवाहरुको हातमा नेतृत्व जानु यसपटकको निर्वाचनको सबैभन्दा राम्रो पक्ष हो । यस्ता युवा अरु पनि छन्, तिनले कम्तिमा सुशासन र लोकतन्त्रका लागि खबरदार भन्नुपर्छ र, देशको बर्बादीका कारकहरुलाई नङ्ग्याउन सक्नुपर्छ । तवमात्र नयाँ नेपालको जग बस्ला, युवा पलायन रोकिएला ।