काठमाडौं । यसरी माटो ढोक्ने कांग्रेस कति छन् ? सञ्जय गौतमले बर्दियामा चुनाव जिते र जित्नासाथ नाङ्गो टाउकाले माटोलाई ढोके, माटोको टिका लगाए र आफूलाई जिताउने मतदातालाई धन्यवाद दिए ।
वीपी कोइरालाले मनमा द्विविधा भए माटो हातमा लिएर सोच्नु, माटोले जे भन्छ, त्यही निर्णय गर्नु भनेका थिए । वीपी गए, वीपीका ती भनाईमात्र होइन, नेपाली कांग्रेसभित्र वीपीवाद पनि हराएर गयो ।
जीपी अर्थात गिरिजाप्रसाद कोइरालाले भारततिर हेरेर निर्णय गर्न सिकाए । जनआन्दोलनमा माओवादी मिसिएर परिवर्तन सत्ता परिवर्तन भएपछि जीपी माओवादीका नेता प्रचण्डपथका यात्री नै बने । जसका कारण सिंगो कांग्रेस समाजवादी आवरणमा, प्रजातन्त्रको बिडा उठाउने नाममा प्रचण्डवादी बन्यो ।
प्रचण्डको रणनीतिअनुसार यसपटकको निर्वाचनमा कांग्रेस छानाबाट खसेजस्तो भएको छ । कांग्रेसले धर्म नास्यो, राजतन्त्र फाल्यो र कम्युनिष्टको जग बलियो बनाइदियो । फलत: चुनावी नतिजा आउँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र सिंगो कांग्रेसभित्र ९ रेक्टरको भूकम्पको कम्पन भइरहेको छ । कांग्रेस कसैले सिध्यायो भने यसैगरी माटो नढोक्ने, माटोको महिमा नबुझने नेताहरुका कारण सफाचट हुनपुगेको छ । सत्ता र शक्तिको लालसाबाहेक देशको हित र जनताको हकको बारेमा नसोच्ने कांग्रेसको नीतिका कारण वीपीले सिकाएको माटोको महिमा नबुझ्नाले कांग्रेसले प्रजातन्त्रको बागडोर चुनावी किस्तीमा राखेर कम्युनिष्टको चरणमा बुझाइदिएको छ ।
यी हुन्– सञ्जय गौतम । कहिल्यै चर्चामा आउन नरुचाउने र पार्टीको सिद्धान्तलाई
अंगीकार गरेर राजनीति गरिरहने व्यक्ति । यसअघिको संविधानसभाको निर्वाचनमा यिनी प्यूठानबाट लडेका थिए र एमालेले यिनलाई हराइदिएको थियो । यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा यिनी बर्दियाबाट खडा भए, यिनले तिनै वामदेव गौतमलाई हराएर बदला लिएका छन् ।
बडे बडे कांग्रेसी हस्तीहरु चुनाव हारिरहेका थिए, सञ्जयले एमाले र माओवादीका साझा उमेदवार, जसले भावी प्रधानमन्त्री मै हुँ भनेर प्रचारसमेत गरिरहेका थिए, ती वामदेवा गौतमलाई हराएर एमाले माओवादी बृत्तमा हलचल नै ल्याइदिए । जति चर्चा गोरखामा नारायणकाजी हार्दा भएन, ठूलो चर्चा बामदेव हार्दा भइरहेको छ । स्वयम् केपी ओलीले वामदेव हार्नु हुन्थेन भनेर टीभीको अन्तरर्वार्तामा दु:खमनाउ गरेको समेत सुनियो । कसैले हार्यो होला, माटोलाई ढोग्ने व्यक्तिले चुनाव जित्नु सबैलाई गर्वित पारेको छ ।
चुनावमा हारजित भइरहन्छ । यिनले सीमालाई ढोगे, माटोलाई ढोगे, जनइच्छामा लागिरहने कबुल गरे । जसलाई जनताले विश्वासका रुपमा लिए र यिनलाई जनबल, जनादेश दिएर संसदमा पठाइदिएका छन् ।