Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति

२५ सोमबार , फाल्गुण २०७११० बर्ष अगाडि

सुगौली सन्धि भएको १९९ वर्ष पुगेको अवसरमा भारत सरकार नेपालीको दुःखको मूल कारण कसरी बन्दै आइरहेको छ भन्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति
२०१५ मार्च ४ का दिन नेपाल र बेलायतबीच सुगौली सन्धि भएको आज १९९ वर्ष पुगेको छ। बेलायतसाग भएको उक्त सन्धि सन् १९४७ अगस्त १५ देखि भारतसाग पनि जस्ताको तस्तै लागू भइरहेको स्थितिले प्रजातन्त्र, स्वतन्त्रता र उपनिवेशबाट मुक्ति जस्ता पदावलीलाई निरर्थक बनाइदिएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतीय राजदूतावास अगाडि गरिएको धर्ना कार्यक्रम मार्फत निम्न प्रकरणहरुमा उल्लेख भए अनुसार नेपाल र भारत सरकारको ध्यानाकर्षण गर्दछ।
१) भारतले भारतीय स्वतन्त्रता ऐन–१९४७ र नेपाल–भारत शान्ति तथा मैत्री सन्धि–१९५० को धारा १ र ८ तथा सुगौली सन्धिको धारा ३ र ५ मा उल्लेख भए बमोजिम फिर्ता हुन बााकी मेची पूर्व र महाकाली पश्चिमको जमिन नेपाललाई फिर्ता गरी ती भूभागमा कायम औपनिवेशिकताको अविलम्ब अन्त्य गरोस्।
२) भारतले नेपालको तराईको जनजीवन र जमिनमा प्रत्यक्ष असर पुग्ने गरी अनेकौां तटबन्धको निर्माण गरेको छ भने अर्कातर्फ भारत सरकारको केन्द्रीय योजना अनुसार उत्तर प्रदेशको 'पब्लिक वर्क डिपार्टमेन्ट' ले दसगजाबाट पााचदेखि दस मिटर नजिक करिब २.५ मिटर अग्लो  सडक निर्माण गरिरहेको छ। नेपालबाट भारततिर बग्ने साना ठूला नालाको प्राकृतिक बहाब यस्ता निर्माणबाट रोकिन गई बााके जिल्लाको आधा भूभाग डुबानमा पर्ने देखिएको छ। सीमावर्ती क्षेत्रमा प्रत्यक्ष असर पुग्ने यस्ता सडक र तटबन्ध निर्माणबाट धेरै नेपाली विस्थापित हुनुपर्ने भयावह अवस्था उत्पन्न हुनेछ। त्यसैले सिमानामा भइरहेको यस्तो विभेद र अन्यायपूर्ण भौतिक, संरचनाको निर्माण तत्काल बन्द गरियोस्।
३) सीमा क्षेत्रमा भारतीय सीमा सशस्त्र बलले नेपालीहरुमाथि ज्यादती गर्दै आएको छ। त्यस्तै सीमा अतिक्रमणमा पनि उक्त बलको भूमिका देखिएको छ। यस किसिमको सीमा आतङ्क भारतले तत्काल बन्द गरोस्।
४) नेपाल–भारत सीमा सर्वेक्षणका नाममा तयार पारिएका १८२ थान 'स्ट्रिप म्याप' मा ९०० वर्ष कि.मि. भन्दा बढी नेपाली भूभाग भारततिर पारिएको आशङ्कालाई विभिन्न तथ्यले पुष्टि गरेको हुादा तत्काल यसलाई सच्याइयोस्।
५) यी प्रसङ्गहरुबाट भारत सरकार नै नेपालीको दुःखको कारण र प्रगतिको बाधक हो भन्ने स्पष्ट भएको छ। यसरी भारत किन हाम्रो दुःखको कारण बन्न लालायित भएको हो, यो झन्झन् रहस्यमय बन्दै गएको छ। यस सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल र भारतबीच विद्यमान सम्पूर्ण समस्याहरुको शान्ति र न्यायपूर्ण समाधान गर्न दुवै सरकारलाई आग्रह गर्दछ।
२०१५ मार्च ४
(फणीन्द्र नेपाल)
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा