Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेटिङ मिलाएर खाने सबै, पर्ने एउटा अधिकृत

१८ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

बिकिनी किलर भनेर बदनाम चाल्र्स शोभराजजस्ता अपराधी जसले नेपालको एयरपोर्टबाट हात्ती नै छिराउन सकिन्छ भन्थे, उनलाई जेलमा कोच्नसक्ने नेपाल प्रहरीले चिम्पाञ्जी तस्करी काण्डलाई पक्राउ गरे पनि असली अपराधीसम्म पुग्न सक्दैन कि भन्ने अनेकन तर्कबितर्क समाजमा सुन्न थालिएको छ । यो चिम्पाञ्जी तस्करीमा को को संलग्न छन्, कहिलेदेखि तस्करी हुनथाल्यो, तस्करीमा सघाउने सुरक्षाकर्मी, भन्सार, राजस्व, अध्यागमन, राष्ट्रिय अनुसन्धानका कर्मचारी र तिनलाई काम लगाउने माथिल्ला हाकिमहरुलाई सिआइवीले पोलखोल गर्न सकेको देखिदैन । राजनीतिकरण भएकै कारण नेपाल प्रहरीको क्षमतामा खिया लाग्दै गएको छ र यदाकदा यस्ता राष्ट्रिबिरोधी क्रियाकलापमा प्रहरीलाई सफलता मिले पनि राजनीतिक र सत्ताको दबाबमा मुद्दालाई फितलो पारिन्छ भन्ने आशंका प्रवल हुँदै गएको परिप्रेक्षमा चिम्पाञ्जी तस्करीमा लहरो त पक्राउ परे, पहरो गर्जन्छ कि गर्जदैन, सबैले तीखा नजरले हेरिरहेका छन् ।
काठमाडौं । दुई चिम्पाञ्जीलगायतका ६ बाँदर वन्यजन्तु र चराचुरुङ्गी तस्करीमा सघाएको आरोपमा भन्सार अधिकृत आशुतोष राई, सुब्बा चुडामणिदाहाल, लीला पनेरु, क्वारेन्टाइनका कर्मचारी धीरेन्द्र साहलाई सिआइवीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । लहरो तान्दा पहरो गर्जन सक्ने भएपछि सिआइवीले अनुसन्धानलाई केही खुकुलो पारेको आशंका गरिदैछ । किनभने फलामे बारमा यसरी केद गरेर अफ्रिकादेखि नेपालसम्म जहाजमै ल्याउन सक्ने र अध्यागमन, राष्ट्रिय अनुसन्धान, प्रहरी, सशस्त्र प्रहरी, राजस्व र भन्सारलगायतका सबै कर्मचारीलाई सेटिङमा सहमत गराएर एयरपोर्टबाट छिराउन सक्नेहरु सबैलाई राजनीतिक संरक्षण रहेको छ । यो काण्डको इतिबृतान्तको मुखुण्डो उतार्न सकिएन भने नेपाल प्रहरी फेरि पनि राजनीतिक चंगुलमा छटपटाउनु पर्नेछ । नेपाल प्रहरीले हिम्मत गर्ने हो भने क्षमता र ल्याकतको कमी छैन, कमी छ भने राजनीतिक हस्तक्षेप रोक्नेमा छ ।
सिआइवीले असोजको अन्तिम दिन वन्यजन्तु तस्करी गर्नेहरु सञ्जीव भारती, राजकुमार तिवारी, मोहम्मद उस्मान, मोहम्मद फयन, शरिफ, आवेद अस्लाम खानलाई पक्राउ गरेको थियो । यिनले भन्सार एजेन्ट मार्फत भन्सारबाट पास गराउने सेटिङ मिलाएका थिए र सेटिङका सदस्य कर्मचारीहरुले सहजै वन्यजन्तु तस्करीमा सघाएको थियो ।
स्रोतका अनुसार यो तस्करी प्रकरणमा कम्तिमा ५० लाखको चलखेल भएको थियो र यो चलखेलमा भारतको प्रत्यक्ष हात रहेको बताइदैछ ।
कारण नेपालको एयरपोर्ट असुरक्षित छ भनेर प्रमाणित गर्नका लागि यी तस्करहरु प्रयोग गरिएको र वन्यजन्तु आयात गर्नका लागि भारतीय लाइसेन्स उपयोग गरिएको थियो । तथापि भारतीय लाइसेन्समा चिम्पाञ्जी भनेर उल्लेख भएको थिएन । जेसुकै भएपनि नेपालमा साइटिस र अन्य विश्व मान्यताअनुसार वन्यजन्तुको आयात निर्यात गर्न पाइन्न । बर्जित विषयमा कानुनको छिद्र निकालेर कर्मचारीहरुले खेल्ने गरेका छन् । सिआइवी प्रमुख छन् पुष्कर कार्की । उनका अनुसार यो संगठित अपारध हो । अनुसन्धान जारी छ । यसरी यी अपराधीहरुले यस अघि पनि थुप्रैपटक यसखालका अपराध गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ ।
स्रोतका अनुसार चिम्पाञ्जी तस्करहरुले चरा राख्ने बाकसभित्र चिम्पाञ्जी लुकाएजस्तो गरी ल्याउने र चरा भनेर भन्सार पास गराउने गरेका थिए । यस घटनाले नेपाललाई तस्करहरुले ट्रान्जिट प्वाइन्ट बनाएको देखिन्छ । एकातिर सुन तस्करीको जालो, अर्कोतिर वन्यजन्तुको तस्करीको समस्या, प्रहरीले के गर्ला ?
अचम्म त के छ भने भन्सार एजेण्ट राजकुमार तिवारीले आफ्नै नाममा चरा आयातको लाइन्सेस लिएका छन् र उनकै नाममा चिम्पाञ्जी तस्करी भएको छ । तिवारीको लाइसेन्स हेर्दा सिआइवीले ४१ पटक चरा आयात गरेको देखिन्छ । हुनसक्छ, ४१ पटक नै चिम्पाञ्जी, बाँदर र अन्य कानुनले रोक लगाएका वन्यजन्तुहरु सेटिङ मिलाएर भन्सार पास गराएका हुन् । नेपाल भारतवीच १८०८ किलोमिटर खुला सीमा भएकाले सजिलै भारततिर निकासी गर्न सकिने आधारमा भारतीय तस्करले नेपाललाई ट्रान्जिट बनाएको आशंका सिआइवीको छ ।
विश्वका विभिन्न सञ्चारमाध्यमले पटक पटक नेपाल भएर चिम्पाञ्जी तस्करी भइरहेको खबर छापे पनि त्यसमा कसैले अमल गरेका थिएनन् । यो घटनापछि र सिआइवीको तीखो आँखा परेकाले अव एयरपोर्टलाई वन्यजन्तु आयात निर्यातमा कडाइ गरिएको छ भनिदैछ ।