Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बम बिस्फोटको जिम्मा लिए प्रचण्डले

१८ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

काठमाडौं । अन्तत: प्रचण्डले जनयुद्धकालमा माडीमा गरेको यात्रुबसमाथिको बम बिस्फोटमा जिम्मेवारी लिए र माडीबासी पीडितहरुसँग ३ बुँदे सम्झौतामा आफैले सही गरेर आफूलाई अपराधबोध भएको कबुल गरेका छन् । माडी नगरपालिकामा २९ जना पीडितसँग सम्झौता गरिएको भनिए पनि यो सम्झौताप्रति थुप्रै पीडित परिवारले असन्तुष्टि जनाएका सुनियो ।
अव प्रचण्डले मृतकका आश्रित परिवारलाई अवस्था अनुसार काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने जिम्मेवारी उठाएका छन् ।
सम्झौताको तेश्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० बिघा क्षेत्रफलमा पार्क निर्माण गर्ने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने उल्लेख गरिएको छ । यो सम्झौतामा पीडितका तर्फबाट विकास लामिछाने, कृष्ण तिवारी, कृष्ण आचार्य, हरि न्यूरे (सुदीप) र मंगली पुनले सही गरेका छन् ।
सम्झौतापछि पनि प्रचण्डले यो सम्झौताको पूर्ण पालना गर्छु भनेर बचन दिएका छन् । पालना गर्ने नगर्ने चुनाव नतिजापछि थाहा होला । यद्यपि यही घटनाले चुनावी नतिजालाई असर गर्छ भन्ने निष्कर्षका साथ प्रचण्ड माडी पुगेर पीडितहरुसँग सम्झौता गर्न पुगेका हुन् ।
यद्यपि यो घटना फौजदारी अभियोग अन्तर्गत पर्ने भएकाले मानवाधिकारकर्मी, अन्तर्राष्ट्रिय स्तरमा समेत यो घटनालाई अक्षम्य भनेर प्रचण्डविरुद्ध हल्लाबोल भइरहेको छ र मेलमिलाप आयोगले यही र यस्तैखाले अन्य हत्या अभियोगहरुका कारण मेलामिलापमा परेका उजुरीहरुको अन्तिम निष्कर्ष निकाल्न आनाकानी गरिरहेको हो । माओवादीहरु अहिले पनि बृहद शान्ति सम्झौताअनुसार जनयुद्धकालीन सबै मुद्दाहरु मेलमिलापबाटै फस्र्यौट गर्नुपर्ने र पीडितहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने अडानमा छन् । संक्रमणकाल भनेर द्वन्द्व व्यवस्थापन लम्ब्याउने खतरा देखिन्छ ।