काठमाडौं । एयरपोर्ट भन्सार ठेक्कामा चलाउने चस्कर को होला ? वैदेशिक रोजगारीबाट फर्कने, तिनका लगेज, पर्यटक, विदेशबाट सामान आयात गर्नेका सामान, गोदामको लथालिङ्ग चाला सबै देख्दा लाग्छ, एयरपोर्ट नगरपालिकाको कण्टेनर हो । सेवाग्राहीलाई हतोत्साही पार्ने, झण्झट देखाउने र सेटिङका तस्करका सामान धमाधम पास गर्ने गरिन्छ । गोदाममा पनि तस्करका सामान सुरक्षित राखिने र सामान्य व्यक्ति, व्यवसायीका सामान जथाभावी मिल्काएको देखिन्छ । कागो हेण्डलिङको ठेक्कामा कमिशन
नपाएपछि सिंगापुरको कम्पनीले मुद्दा हालेको छ । तस्करका सामान फटाफट छाडिने र अन्यका सामान गोदाममा थन्क्याएर पटक पटक धाउनुपर्ने बाध्यतामा पारेको सामान्य घटना हुन् ।
जब जब तस्कर र माफियाका सामान आउन गरेका छन्, त्यतिबेला कि त एक्सरे मेसिन बिग्रिएको बहानावाजी गरिन्छ, कि भ्याइनभ्याइ भएको बहानामा नाममात्रको एक्सरे गरेर सामान पास गर्ने गरिएको प्रत्यक्षदर्शी तथा कर्मचारीले नै बताउने गरेका छन् । पार्किङदेखि रेष्टुराँसम्म, पाइलटदेखि एयरहोस्टेससम्म र सुरक्षाकर्मीदेखि एयरलाइन्सका कतिपय कर्मचारीसम्मको सेटिङ मिलाइने र खासगरी श्रम तथा अध्यागमन रर् एयरलाइन्सका कर्मचारी मिलेर डलर, सामान, सुन, अन्य बहुमूल्य बस्तु तथा मानव तस्करीसम्मका घटना सामान्य तरिकाले हुने गरेको छ ।
एयरपोर्ट भन्सारको यो बेहालतले सेवाग्राही मर्कामा त छन् छन्, राजस्वमा समेत व्यापक लुट मच्चिने गरेको छ । एयरपोर्ट भन्सार यसरी बदनाम देखिन्छ ।