Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

खेलकुदमा खेलाडी तस्करी बढ्दैछ

११ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

काठमाडौं । केही महिना अघि २३ जना नक्कली खेलाडीलाईर् एयरपोर्टबाटै फर्काइएको घटनापछि पनि गैह्रखेलाडीलाई खेलाडीको प्रमाणपत्र बेच्दै, खेलाडी भनेर विदेश पठाउने धन्दा चम्किएको खबर छ ।
हालैको घटनाअनुसार १० लाखमा देवानन्द रोक्कालाई कराँतेका खेलाडी बनाइयो र जापान पठाउने क्रम चलिरहदा यसको खुलासा हुनपुग्यो । खुलासा भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले छानबिन र कारवाही गर्छु भनेर वचन दिए तर उनको समेत मिलोमतो भएकाले उनले छानबिन गराएनन्, न त खेलाडी बनाउने र पैसा खानेलाई नै कारवाही प्रकृया अगाडि बढाए ।
सदस्य सचिव विष्टले विभिन्न खेल संघहरुले गरेको मानव तस्करीको नयाँ मार्ग, नक्कली खेलाडी बनाएर विदेश पठाउने धन्दालाई रोकथाम गर्ने कुनै उपाय अपनाएकाछैनन् । न त त्यस्ता संघहरुलाई कारवाही नै थालेका छन् । यस अघिको घटनामा युवा तथा खेलकुद मन्त्रीसमेतको संलग्नताको कुरा उठेपछि त्यो समाचार प्रशारण गर्ने न्यूज अभियान डट कमका सम्पादकलाई आधा घण्टामा थुन्ने धम्कीसमेत मन्त्रीले दिएका थिए ।
खेलाडी संघले गैह्र खेलाडीलाई विदेश पुर्‍याएर छाड्ने धन्दामा संलग्न खेलकुद परिषदका सदस्यलाई कारवाही गर्न खेलकूद परिषद र खेलकुद मन्त्रीको ध्यानाकर्षण गराएका छन् । नक्कली खेलाडी र प्रमाणपत्र प्रकरणमा पश्चिमाञ्चल खेलकुद विकास समितिका सदस्यफत्तबहादुर गुरुङ मुछिएका छन् । भनिन्छ, यस धन्दामा धेरै जनाको संलग्नता रहेको छ । यस्ता प्रकरणमा कारवाही नभए खेलाडी संघले कडा आन्दोलनमा उत्रने धम्की दिएका छन् । संघका अध्यक्ष छन् दीपक श्रेष्ठ । उनले जारी गरेको वक्तव्यअनुसार– कहिल्यै कुनै खेल नखेलेको मानिसलाई प्रमाणपत्र किनबेच मार्फत देशकै ठूलो खेलाडीका रुपमा प्रस्तुत गरेर विदेश पठाउने गिरोहका कारण नेपाली खेलकुद र खेलाडीमाथि कसैले विश्वास नगर्ने वातावरण सिर्जना भएको छ । खेलसाँग असम्बन्धित व्यक्तिलाई विदेश पठाउने लोभमा खेलाडीको प्रमाणपत्र किन्ने र बेच्ने कार्यले खेलकुद र खेलाडीको बेइज्जत भएको संघको ठहर छ ।