Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शशांक र ओलीवीच वीपी दोहोरी

११ सोमबार , मंसिर २०७४९ बर्ष अगाडि

काठमाडौं । केपी ओलीले वीपी बाँचेका भए उनी एमालेमा हुन्थे भनेर भाषण नवलपरासीमा सुनेपछि शशांक कोइरालालै नवलपुरबाटै वीपी रहेको भए केपीजी कांग्रेस हुन्थे भनेर जवाफ फर्काएका छन् ।
ओली चुनाव प्रचार र चुनाव जित्ने तथा एकलौटी सरकार बनाउने कुरामा यति हौसिएर भाषण गर्दै विभिन्न ठाउँमा गइरहेका छन् कि ओली वीपी, गणेशमा जिवितै भएको भए एमाले हुन्थे भनिरहेका छन् । मानौं एमालेभन्दा अरु राजनीतिक धार नै छैन, भए पनि ती सबै सुख्खा र सुकेर गएका छन् ।
शशांक कोइराला नवलपुरबाट उमेदवार छन् र उनी वीपी पुत्र पनि हुन् । उनले ठोकुवा गरे वाममोर्चाले यो देशमा अधिनायकवाद ल्याउन सक्दैन ।