Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्म माओवादी, संस्कार हिन्दुवादी ?

०४ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

काठमाडौं । सन्तान जोसुकैको मरुन्, त्यो दु:खदायी हुन्छ । व्यक्तिगत रुपमा सरल स्वभावका र नेपाली राजनीतिमा पहाड बनेर उभिएका प्रचण्डपुत्रको असामयिक मृत्युले समाजलाई, देशलाई र विदेशलाई समेत तरङ्गित पारिदियो । कसैले पत्याउनै सकेनन् तर सत्य असत्य हुनसकेन ।
छोराको शव बोकेर घाट पुग्नु र आफैले आफ्नै छोरालाई दागबत्ती दिनुजस्तो पीडा अरु के हुनसक्छ ? तर यो पीडाको बोझ प्रचण्डले मंसिर ३ गते बाध्यकारी बन्यो । छोरा प्रकाशलाई जन्मदिने बाबुको हैसियतले सदाका लागि बिदा पनि गरे । छोरालाई दागबत्ती दिएपछि आँखाबाट बलिन्द्र धारा बगाउँदै अन्तिम बिदाईका लागि आएका आमजनमानसलाई हात हल्लाएर सांकेतिक धन्यवाद समेत दिए प्रचण्डले ।
प्रकाश दाहाललाई स्वर्गवास होस् । उनलाई बैकुण्ठ प्राप्त होस् । मान्छेको जुनी जन्मेपछि मर्नुपर्छ, मात्र फरक यत्ति हो कि उसलाई कतिदिन बाँच्न लेखेको छ ?
काल बाल, बृद्ध, युवा जुनसुकै उमेरमा आउनसक्छ । दु:खद कुरो यत्ति हो कि प्रकाश ३७ वर्षका मात्र थिए, उनी मर्ने होइन, केही गर्ने उमेरमा थिए । अकालमा बिते, उनले अहिले नै मर्नु हुनेथिएन, समयचक्र यस्तैभो ।
आधारातमै प्रकाश बितिसकेका रहेछन् । ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्‍याउँदा उनको मृत्यु ३ घण्टा अघि नै भइसकेको डाक्टरहरुले बताए । यसको अर्थ उनको घरमै मृत्यु भइसकेको थियो । तैपनि बाबु प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुलाई घरमै बोलाएर षडयन्त्र गरिएको शंका गरेको खबर पनि सार्वजनिक भयो, जुन शंकालाई कसैले पचाउन सकेनन् । तथापि प्रकाशको मृत्युले राजनीतिलाई भूकम्पले हल्लाएझैं हल्लाइदिएको छ, प्रभावित पारेको छ ।
अचम्म के देखियो भने धर्मनिरपेक्षतावादी पार्टीको झण्डा ओढाएर बिदा गरिएका प्रकाशको हिन्दु संस्कार अनुसार नै दाहसंस्कार गरिएको छ । चदुँवा, जग्गे, फूल, अविर, दागबत्ती लगायतका सबै हिन्दुसंष्कार चाहिने, हिन्दुधर्म नचाहिने यो प्रवृत्ति कति पाच्य छ ? के कम्युनिष्टभित्र हिन्दुधर्म हुन्छ ?